Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ शैली

बैंकको शाखा ८५६४ पुग्यो

२०७६ श्रावण १३ गते

बैंकिङ खबर । वित्तीय पहुँच विस्तारलाई प्रवद्र्धन गर्दै लैजाने क्रममा शाखा विस्तारले तीव्र गति पाएको छ । विशेषगरी वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुले शाखा विस्तारलाई तीव्र गतिमा अघि बढाएका छन् ।

हाल वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाका गरी कुल शाखा संख्या ८५६४ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । जसमध्ये, वाणिज्य बैंकका ३५३९, विकास बैंकका १२५०, वित्त कम्पनीको २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३५७० शाखा संचालनमा छन् ।

अघिल्लो असार मसान्तमा सबै वर्गका बैंकको कुल शाखा संख्या ६४१४ मात्रै रहेको थियो । यस आधारमा हेर्दा, एक वर्षको अवधिमा २१५० वटा बैंक शाखा विस्तार भएका छन् । यसले वित्तीय पहुँच विस्तारको अवस्था सुदृढ हुँदै गएको बुझाउँछ ।

२०७६ जेठ मसान्तको तथ्यांकलाई आधार मान्दा बैंक तथा वित्तीय संस्थाको एक शाखाबाट औसतमा ३४११ जनसंख्याले सेवा लिन सक्ने अवस्था रहेको छ । एक वर्षअघि एउटा शाखाबाट ४४९३ जनाले सेवा लिनुपर्ने अवस्था थियो ।

त्यस्तै, हालसम्म ३१८८ वटा एटिएम विस्तार भएको तथ्यांक छ ।