Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापूच्छ्रे बैंकले कमायो एक अर्ब ७० करोड मुनाफा

२०७६ श्रावण ३ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५।७६ मा एक अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४।७५ मा माछापुच्छ्रेले एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा एक अर्ब ३२ करोड आर्जन गरेको जनाएको छ । एक वर्षमा बैंकले ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ अर्ब निक्षेप संकलन र ६२ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

आठ अर्ब पाँच करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । बैंकको बेसरेट १०.३७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा ११.०६ प्रतिशत रहेको थियो । कर्जा निक्षेप अनुपात ७६.९८ प्रतिशत र प्रति सेयर आम्दानी २१.१५ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा ०.४४ बाट ०.३७ प्रतिशतमा झरेको छ ।