June 16th, 2016

प्रभु बैंक र सर्टिफाइङ कम्पनिबिच सम्झौता

prabhuप्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनि प्रालिबिच जोखिम न्युनीकरणको सम्बन्धमा सम्झौता भएको छ । विद्युत्तीय प्रणालीमार्फत सूचना आदानप्रदान गर्दा उत्पन्न हुने जोखिमलाई न्यूनीकरण गर्ने सम्बन्धमा विहिबार सो सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट सीईओ अशोक शेरचन र कम्पनिका तर्फबाट अध्यक्ष विप्लवमान सिंहले हस्ताक्षर गरे । सूचना आदान प्रदानमा हुने जोखिम न्यूनिकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाह्य ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सबल हुने विश्वास बैंकले लिएको छ ।