July 3rd, 2019

एफएनसिसिआईको मौद्रिक नीतिमा २१ बुँदे सुझाव

बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले राष्ट्र बैंकमा मौद्रिक नीतिको लागि २१ बुँदे सुझाव प्रेश गरेका छन् । निजी क्षेत्रको छाता संगठन महासंघले राष्ट्र बैंकसंग बैंक ब्याजदर घटाउन, पुनरकर्जाको सीमा बढाउन, स्प्रेडदर घटाउन माग गर्दै सुझाव पेश गरेको हो ।

बिषेश गरि बैंकको ब्याजदरमा परिवर्तन भइरहने तर जलविद्युतको विद्युत खरिद सम्झौतामा प्यान दर आयोजना अवधिभर निश्चित हुने भएकोले आयोजनाको आम्दानीमा परिवर्तन नहुने भएकोले विभिन्न आयोजनाको लागत बढ्न सक्ने र आयोजनाको पे ब्याक पिरियड लम्बिने भएकोले ऋण तिर्न कठिन हुनसक्ने भएकोले बैंकहरुले जलविद्युत क्षेत्रमा प्रवाह गर्ने कर्जामा ब्याजदर निश्चित गरिनु पर्ने महासंघको माग छ ।

मौद्रिक नीतिमा महासंघका २१ बुँदे सुझावको बिस्तृत रुप

१. स्प्रेड दर ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झार्नुपर्ने ।

२. बैंक तथा वित्तीय संस्थाको बेस रेटमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपगरी ब्याज लिन पाउने व्यवस्था गरिनुपर्न

३. कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गरिनुपर्ने

४. व्याजदर घटाउनका लागि वेस रेट गणनामा प्रयोग हुने सूचकमा समय सापेक्ष परिवर्तन गरिनु पर्ने

५. कर्जाको ब्याजदर एकल अंकमा राख्नुपर्ने

६.स्प्रेडको गणना विधिलाई कार्यान्वयन गरिनुपर्ने

७. १ अर्ब रुपैयाँभन्दा बढीको कर्जामा सह–वित्तीयकरण गर्नुपर्ने व्यवस्था लाई परिमार्जन गरी उक्त सीमालाई बृद्धि गरी २ अर्ब गरिनु पर्ने

८.नाफामुलक संस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदर भन्दा बढी नहुनेगरी ब्याजदर कायम               गरिनुपर्ने

९. बैंकबाट ५० करोड रुपैयाँ वा सो भन्दा बढीको कर्जा लिदा क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गर्नुपर्ने

१०. १ अर्ब रुपैयाँ भन्दा बढी रकमको ऋण लिँदा र लिमिटेड कम्पनीको लागि ऋण लिदा क्रेडिट रेटिङ गर्ने व्यवस्था गरिनुपर्ने

११. पुनरकर्जा कोषको रकम बृद्धि गरि १ अर्ब रुपैयाँ गरिनुपर्ने

१२. बैंकिङ सेवालाई सरल र सहज बनाउनका लागि १० लाख रुपैयाँभन्दा कमको बचतमा केवाइसी फर्मलाई उदार गरिनुपर्ने

१२. भूकम्प तथा नाकाबन्दीको समयमा ब्याज अनुदानका लागि निवेदन दिएका उद्योग व्यवसायले हालसम्म पनि ब्याज अनुदान प्राप्त गर्न        नसकेकोले उक्त ब्याज अनुदान शीघ्र उपलब्ध गराउनुपर्ने

१३. बैंकिङ प्रणालीका प्रक्रिया सरल बनाइनु पर्ने

१४. प्रमिसरी नोट भइसके पछि तमसुखको जरुरत हुन नहुने पर्ने

१५.उर्जा उत्पादन क्षेत्रमा बैंकहरुले न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था हुनुपर्ने

१६. बैंकको ब्याजदरमा परिवर्तन भइरहने हुँदा आयोजनाका लागत बढ्न सक्ने र आयोजनाको पे ब्याक पिरियड लम्बिने भएकोले ऋण तिर्न     कठिन हुनसक्ने भएकोले बैंकहरुले जलविद्युत क्षेत्रमा प्रवाह गर्ने कर्जामा ब्याजदर निश्चित गरिनु पर्ने

१७. ट्राभल एण्ड टूर एजेन्सीहरुले बिदेशबाट लिनुपर्ने रकम कारोबार भएको १५ दिनभित्र देशभित्र ल्याइसक्नु पर्ने र यस सम्बन्धी हरेक              त्रैमासिक समाप्त भएको १५ दिन भित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागमा पठाउनु पर्ने प्रावधान अव्यवहारिक भएकोले १५ दिनको       सट्टा ९० दिनभित्र ल्याइसक्नु पर्ने व्यवस्था हुनुपर्ने

१८. सुनको प्रयाप्त आपूर्ति गर्ने व्यवस्था गरिनु पर्ने

१९. अन्य व्यवसायको तुलनामा संरक्षित बैंकिङ क्षेत्रले सेवाग्राहीलाई सेवा प्रदान गर्न ध्यान दिनुपर्ने

२०. लघु, घरेलु तथा साना उद्योगले सहज तरिकाले र सुपथ ब्याज दरमा कर्जा पाउने व्यवस्था हुनुपर्ने

२१. नेपालमा शुक्रबार आधा दिनमा छुट्टीहुने विदेशमा आइतबार छुट्टीहुने भएकोले शुक्रबार, शनिबार र आइतबार गरी तीनदिनको कार्य           प्रभावित हुने भएकोले नेपालका बैंकको बिदा अन्तर्राष्ट्रिय बैंकहरु संग मिल्ने हुनुपर्ने र शुक्रबार बैंकहरु पुरादिन कार्य गर्नुपर्ने


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]