काष्टमण्डप डेभलपमेन्ट बैंकले कांँक्रेविहार विकास बैंकलाई किन्ने भएको छ । काठमाडौंको पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको ‘ख’ वर्गको राष्ट्रिय स्तरको विकास बैंक काष्ठमण्डप डेभलपमेन्ट बैंक र एक जिल्ला कार्यक्षेत्र रहेको सुर्खेत नगरपालिका, सुर्खेतमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको काँक्रे विहार विकास बैंक बीच गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा काष्ठमण्डप डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवाली तथा काँक्रे विहार विकास बैंकका तर्फबाट सो बैंकका सञ्चालक समितिका सदस्य राज कुमार गुरुङ्गले हस्ताक्षर गरे । सो सम्झौतालाई दुवै विकास बैंकका सञ्चालक समितिले समेत पारित गरिसकेका छन् ।
यसअघि काष्ठमण्डपले महाकाली विकास बैंक, पश्मिाञ्चल फाइनान्स लाई किन्ने सम्झौता गरेको थियो । काँक्रेविहारको शेयर कारोबार बुधबारदेखि नै रोकिएको छ । हाल काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने महाकाली विकास बैंकको चुक्ता पूँजी १२ करोड ७२ लाख रुपैयाँ रहको छ । त्यस्तै पश्चिामाञ्चल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । काक्रे विहारको ५ करोड ९१ लाख रुपैया चुक्ता पुँजी रहेको छ । यसरी गाभिएपछि एकिकृत संस्थाको पूँजी १ अर्ब ८० करोड पु¥याउने योजना रहेको छ ।