Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१ लाख बढी घरधनीसँग प्राधीकरणको अनुदान सम्झौता

admin २०७३ असार १ गते
सेयर:

Bhukampa-punarnirmanभूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख २७२ घरधनीसँग अनुदान सम्झौता गरेको छ । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६६८, धादिङमा चार हजार ८२४, नुवाकोटमा एक हजार ५८८, रसुवामा एक हजार १०० र सिन्धुपाल्चोक ६ हजार ६६० घरधनीसँग अनुदान सम्झौता भएको छ ।

यस्तै काभ्रेमा एक हजार ४७५, दोलखामा १६ हजार २००, रामेछापमा ३५ हजार ३८० घरधनीसँग अनुदान सम्झौता भएको छ । ओखलढुङ्गामा १४ हजार २०२, सिन्धुलीमा एक हजार १०० र मकवानपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।