बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति असार अन्तिम साता मात्रै सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हाल तथ्यांक तथा सुझाव संकलन गरिरहेकोले नीति आउन ढिलो हुने भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आर्थिक बर्षको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
हाल मौद्रिक नीति आगामी बर्षको बजेटका लक्ष्यलाई सार्थक बनाउने गर्ने गरि निमार्ण प्रकृयामा रहेको हुँदा अषाढ अन्तिममा मात्र सार्वजानीक गरिने नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिए । जसका लागि विभिन्न सरोकारवाला निकायहरु संग सुझाव संकलनका साथै विभिन्न चरणमा छलफल भईरहेको उनले बताए ।
आगामी आवको बजेटले ८.५ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । सरकारको आर्थिकवृद्धिदरको लक्ष्यलाई हासिल गर्न सहयोग गर्ने मुद्रा स्फ्रीति सन्तुलनमा राख्न, व्यापारघाटा कम गर्ने र बैंक तथा वित्तीय क्षेत्रको सुधार र सन्तुलन कायम गर्न मौद्रिक नीति निमार्ण राष्ट्र बैंकले सार्वजानिक गर्ने कार्यकारी निर्देशक भट्टको भनाई छ ।
राष्ट्र बैंकले बजेट सार्वजनिक भएको १ महिनाभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने गरेको थियो । तर गत वर्ष देखि भने मौद्रिक नीति निमार्ण प्रकृयामा राष्ट्र बैंकले ढिलाई गरिरहेको छ । सोहि काराण गत आर्थिक बर्ष पनि मौद्रिक नीति अषाढको अन्तिम साता मात्र सार्वजानिक भएको थियो । राष्ट्र बैंकले ११ महिनाको समग्र आर्थिक अवस्था हेरेर मोद्रिक नीति ल्याउने गर्दछ । मौद्रिक नीतिलाई बजेटसँगै सार्वजनिक भएको वित्तीय नीतिले लिएको आर्थिक वृद्धि र स्थिरताको लक्ष्य हासिल गर्न सहायक नीतिगत व्यवस्थाको रुपमा मानिन्छ ।


