Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड पुग्यो

२०७६ असार ४ गते

बैंकिङ खबर ।  १० महिनामा मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा थियो । चालू आर्थिक वर्षको १० महिनामा यो अबस्था डरलाग्दो देखिएको हो । मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढेकाले शोधनान्तर घाटा फराकिलो बन्दै गएको छ । गत माघ महिनासम्म केही सुधारको गतिमा रहेको शोधनान्तर फागुनदेखि लगातार फेरि बढ्यो, फलस्वरुप बैशाखसम्म शोधनान्तर घाटा ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा सो कुरा उल्लेख छ ।