June 15th, 2019

प्युठानमा मिर्मिरे लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर । मिर्मिरे लघुवित्तको प्यूठान स्थित चेरनेटा शाखाले नेपाल प्रहरी र स्थानीय तहसँगको सहकार्यमा वित्तीय साक्षरता र समुदाय प्रहरी साझेदारी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिजुवार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर ढकाल, प्यूठान नगरपालिका सदस्य खुम बाहादुर दमाई, चेरनेटा शाखा प्रबन्धक साथै अत्तरीया क्षेत्रका क्षेत्रीय प्रबन्धक शुसिल कुमार बुढाको आतिथ्यता एवम् ५० जना महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समाजमा घट्ने विभिन्न खालका घटना, महिला हिंसाका, बलत्कार, बैंकिङ्ग कसुर साथै समुदायले कसरी प्रहरीसँग सहकार्य गरेर अगाडी बढ्ने भन्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै, वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बीमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन, कर्जा सदुपयोगिता आदिको बारेमा छलफल साथै फोटो तथा अन्य श्रव्य सामाग्री प्रदर्शनी मार्फत जनचेतनामुलक कार्यक्रम गरिएको थियो । महिला हिंसा न्यूनिकरण, उद्यमशीलतामा लघुवित्तको भूमिकाका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।

प्यूठान नगरपालिका सदस्य खुमबाहादुर दमाईले यस्ता कार्यक्रमको आवश्यकता महशुस भएको उल्लेख गर्दै वित्तीय संस्थालाई आउँदा दिनमा पनि स्थानीय तहसँग सहकार्य गरी अगाडि बढ्न आग्रह गरे । उनले सदस्यहरुलाई पनि क्षमता अनुसार कर्जा उपभोग गर्न सुझाव दिए ।

प्रहरीका प्रतिनिधिले वित्तीय संस्थाले गरेको अगुवाई प्रभावकारी भएको भन्दै आउँदा दिनमा वित्तीय साक्षरतालाई पनि अझै प्रभावकारी तरिकाले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै बाल विबाह साथै थुप्रै सामाजिक बिकृति लाई न्यूनिकरर्ण गर्न समुदायलाई सहकार्य गर्न महिला सदस्यलाई आग्रह गरे ।

संस्थाले जेठ ३० गते कपुरकोट सल्यानमा विद्यालयमा कर्जा लिएर त्यसै बस्नु भन्दा कर्जा लिएर उद्यमी बन्नु बेस बादबिबाद कार्यक्रमको समेत आयोजना गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]