Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बिग मर्जरका लागि वाणिज्य बैंकहरुले अघि सारेका सर्तहरु

admin २०७६ जेष्ठ ३१ गते
सेयर:

बैंकिङ खबर । बिग मर्जरमा जानका लागि वाणिज्य बैंकहरुले तीन शर्त अघि सारेका छन् । बैंकहरुले मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई बुझाएको सुझावमा आफ्नो तीन माग पुरा भए बिग मर्जरमा जान तयार रहेको उल्लेख गरेका छन् ।

बैंकर्सले बिग मर्जरलाई प्रोत्साहन गर्न केही नीतिगत र छुटको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । राष्ट्र बैंकले तोकेको रेट, रेसियो र पोर्टफोलियोमा छुट प्रदान गर्नुपर्ने उनीहरुको माग छ । ‘मर्जर र एक्यूजिसन सम्बन्धीः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने लक्ष्य लिएकोमा मुख्यतः ‘ख’ तथ ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्यूजिसनमा गएको अवस्था छ,‘ संघले राष्ट्र बैंकमा पठाएको २७ बुँदे सुझावको बुँदा नं. २४ मा भनिएको छ, ‘ ‘क’ वर्गका बैंकहरुलाई समेत यसलाई प्रोत्साहन गर्न केहि नीतिगत छुट र व्यवस्था लागु गर्न उचित हुनेछ, उदाहरणका लागि त्यहाँबाट तोकिएको दर, अनुपात र व्यस्थापन आदिमा केहि छुट प्रदान गरिनु पर्नेछ’ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।