June 14th, 2016

एनसीसीसँग गाभिन लागेका ५ संस्थाको स्वाप रेसियो पारित

ncc bankएनसीसीसँग गाभिन लागेका पाँच वटा सस्थाको स्वाप रेसियो पारित भएको छ । एनसीसी र कुमारी बैंकको सेयर रेसियो समान हुने भएको छ भने अन्य चार वटा विकास बैंकका लगानीकर्ताले केही थोरै सेयर पाउने भएका छन् । मर्जरमा जान लागेका मध्ये एनसीसीको सेयरलाई आधार बनाएर सम्पत्ति तथा दायित्वको बिस्तृत अध्ययन प्रतिवेदन (डिडिए रिपोर्ट) तयार गरिएको थियो । डिडिएले कुमारीलाई ९९.३१, एपेक्सलाई ४७.३९, इन्फ्रास्टक्चर डेभलपेन्ट बैंकलाई ७६.९४, इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई ७२.७७ र सुप्रिम डेभलपमेन्ट बैंकलाई ७६.०५ कित्ता सेयर दिन सिफारिस गरेको थियो । 

संयुक्त मर्जर कमिटीले मर्जर कमिटिले दशमलव पछि आएको अंकलाई एक कित्ता दिने गरी निर्णय गरेकाले कुमारी र एनसीसी बैंकको सेयर स्वाप रेसियो बराबर हुने भएको छ । यो रेसियो अनुसार एपेक्सका लगानीकर्ताले सयको ४८, इन्फ्रास्टक्चरका लगानीकर्ताले ७७, इन्टरनेशनल डेभलपमेन्टका लागनीकर्ताले ७३ र सुप्रिमका लगानीकर्ताले ७७ कित्ताका दरले सेयर पाउने छन् । 
 
मर्ज पछि बन्ने बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड हुनेछ ।