पर्याप्त निक्षेप संकलन भएन, तरलता समस्या बढ्दै

बैंकिङ खबर । पर्याप्त निक्षेप संकलन हुन नसक्दा बैंकहरुमा तरलता समस्या झन्झन् बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, अनिवार्य नगद मौज्दातबाहेक अहिले बैंकिङ प्रणालीमा २९ अर्बको हाराहारीमा तरलता रहेको छ । तरलतामा चाप परेपछि अन्तरबैंक कारोबार दर ७ प्रतिशत पुगेको छ भने अधिकांश बैंकको सीसीडी रेसियो ८० प्रतिशतको सीमानजिक पुगेको छ ।

चैत्र मसान्तपछि सरकारी खर्च बढ्ने प्रवृत्तिका कारण अघिल्ला वर्षहरुमा यो समयमा बैंकहरुमा तरलताको अभाव हुँदैनथ्यो । यसपाली भने आर्थिक वर्षको अन्तिममा सरकारले एकैपटक आन्तरिक ऋण उठाएका कारण तरलतामा चाप परेको बैंकरहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले जेठ लागेपछि ट्रेजरी बिल र विकास ऋणपत्रमार्फत ५३ अर्ब रुपैयाँ उठाएको छ ।

नेपाल राष्ट्र बैंकले अर्को बैंकबाट सीसीडी रेसियो नै किन्न पाउने व्यवस्था गरेपछि बैंकहरु कर्जा प्रवाहमा झन् आक्रामक बनेका कारण पनि तरलता समस्या झन् चुलिएको छ । चालू आर्थिक वर्षको झन्डै ११ महिनामा बैंकहरूले तीन खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलन भने दुई खर्ब ७३ अर्ब रुपैयाँ मात्रै संकलन गरेका छन् । यस अवधिमा बैंकहरूको कर्जा प्रवाह निक्षेप परिचालनको तुलनामा ७५ अर्ब रुपैयाँले बढी भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *