Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

स्याङ्जाको वालीङमा २४ र २५ गते वित्तीय जागरण हुँदै, गभर्नर नेपालले उद्घाटन गर्ने

२०७६ जेष्ठ २२ गते

बैंकिङ खबर । स्याङजाको वालीङमा पहिलोपटक बैंकिङ बीमा सूचना एक्स्पो हुने भएको छ । यही जेष्ठ २४ र २५ गते शुक्रबार र शनिबार उक्त एक्स्पो संचालन हुँदैछ । एक्स्पोको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले शुक्रबार विहान १० बजे उद्घाटन गर्नेछन् । शुक्रबार विहान ८ बजे वित्तीय साक्षरता ¥याली समेत संचालन गरिने छ । वालीङ उद्योग वाणिज्य संघको सीटी हलमा सम्पन्न हुने कार्यक्रममा वालीङ नगरपालीकाका नगरप्रमुख दिलिपप्रताप खाँड, नेपाल राष्ट्र बैंकका तत्कालीन प्रबक्ता एवं बैंकिङ विज्ञ नारायणप्रसाद पौडेल, डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष गोविन्द प्रसाद ढकाल, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष रेशम थापा, वालीङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, बीमा विज्ञ तथा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित वज्राचार्य, लघुवित्त विज्ञ तथा कालीका लघुवित्तका अध्यक्ष कृष्ण खाँड, लगायतका बक्ताहरु रहेको वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी गराए । उक्त कार्यक्रमले वालीङको विकासमा महत्वपूर्ण भूमिका खेल्ने वालिङ नगरपालीकाका प्रमुख दिलिपप्रताप खाँडले बताएका छन् । दुइदिनसम्म संचालन हुने कार्यक्रममा विभिन्न बैंक, बीमा, माइक्रो फाइनान्स र सेयरबजारबारे स्टलहरु रहनेछन् ।

कार्यक्रमको उदेश्य : 
ग्रामिण अर्थतन्त्रको विकास एवं लघु उद्यमशीलतालाई समेत प्रभावकारी बनाउनेगरी नेपाल राष्ट्र बैंकको योजना अनुसार ‘सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत, सबै नेपालीको बैंक खाता’ को लक्ष्यलाई सार्थक बनाउनेगरी देशैभरी वित्तीय जागरण ल्याउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । स्वभाविकै रुपमा ग्रामिण अर्थतन्त्रमा माइक्रो फाइनान्सको महत्व धेरै छ । लघु उद्यमशीलताको विकासले पनि गरीवि निवारणमा ठुलो भूमिका खेलीरहेको परिप्रेक्षमा यस क्षेत्रमा यो कार्यक्रम महत्वपूर्ण हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौं । पैसा कमाउनका लागि बचत गर्ने र उद्यमशिलताका लागि बैंकिङ माध्यम अपनाउने बानीको विकास गर्न सके मात्रै पनि थोरै थोरै पुँजी राष्ट्र निर्माणमा सहभागी हुन सक्छ । सबै नेपालीको बैंकवित्त क्षेत्रमा पहुँच पु¥याउने, विदेशका कुनाकुनाबाट पठाइएका पैसालाई आधिकारीक रेमिट्यान्स मार्फत नेपालमा भित्राउने, बीमा गर्नका लागि जनचेतना अभिवृद्धि गर्ने, बैंकिङ सूचनालाई आम नागरिक समक्ष पु¥याउने जस्ता कार्य अति आवश्यक देखिएको छ । यसबाहेक बैंकिङ टेक्नोलोजीको बारे हरेक व्यक्तिलाई बुझाउने यस कार्यक्रमको उदेश्य हो ।

बीमा पहुँच अभिवृद्धि
बीमा समितिको बीमा पहुँच अभिवृद्धिको लक्ष्यलाई सार्थक बनाउनु यस कार्यक्रमकको अर्को उदेश्य रहेको छ । बीमा क्षेत्रको विस्तार हुन नसक्दा भइपरी आउने जोखिमबाट समेत नागरिकहरु पीडीत छन् । जीवन बीमा, स्वास्थ्य बीमा होस या सम्पत्तिको बीमा, समग्र बीमाका बारे जनचेतना बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । बीमा शिक्षालाई देशैभरी फैलाउने र बीमा समितिको उद्देश्यलाई सार्थकता दिनका लागि बीमाको विकास, विस्तार तथा बीमाको आवश्यक्ता र महत्वका बारे आम नागरीकलाई जानकारी गराउने तथा बीमा गर्नुका फाइदाहरुका बारे जानकारी गराएर बीमा क्षेत्रलाई फराकिलो बनाउने यस कार्यक्रमको उद्देश्य हो ।

उद्यमशीलताको विकास
बैंकिङ सूचनाको अभावमा बैंकिङ क्षेत्रले गर्ने कामका बारेमा समेत कतिपय नेपालीलाई जानकारी छैन । बैंकिङ क्षेत्रबाट हुने लगानीका विधिहरु थाहा नहुँदा वा बैंकिङ क्षेत्रले दिने कर्जा र ब्याजका बारे समेत थाहा नहुँदा बैंककै बारेमा मानिसहरु अन्योल छन् । यसर्थ बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउने र बैंकबाटै कर्जा लिएर उद्यमशिलताको विकास गर्ने तथा लघुवित्त र लघु उद्यमशीलताको बृद्धि गर्ने यस कार्यक्रमको उद्देश्य हो ।

हुण्डीको न्यूनीकरण गर्ने
हुण्डी कारोबार जस्ता अनधिकृत कारोबारबाट देशलाई राजश्वमा भएको नोक्सानलाई न्युनीकरण गर्ने र हुण्डी संचालन अवैधानिक भएकाले त्यसबाट पैसा पठाउँदाका हानी नोक्सानीका बारे चेतना अभिवृद्धि गर्नुका साथै आधिकारीक रेमिट्यान्स र बैंकिङ माध्यमबाट मात्रै पैसा पठाउने बानीको विकास गराउने यस कार्यक्रमको अर्को उद्देश्य हो ।

Ad