बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । केहीले मर्जरका लागि प्रक्रिया अघि बढाइसकेका छन् भने केहीले साधारणसभामार्फत मर्जर तथा एक्विजिसनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्न लागेका छन् ।
कार्यक्षेत्र विस्तार गर्न र चुक्तापुँजी बढाउनका लागि लघुवित्तहरु धमाधम मर्जरको सम्झौता गरिरहेका छन् । एनआरएन लघुवित्तसँग रामारोशन लघुवित्त र क्रिएटिभ माइक्रोफाइनान्स गाभिन लागेका छन् । किसान माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र नागबेली लघुवित्त पनि गाभिँदै छन् । त्यस्तै, वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त पनि गाभिँदै छन् । साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्तले पनि गाभिने प्रक्रिया अघि बढाएका छन् । जनसेवी लघुवित्त र कालिका माइक्रोफाइनान्स पनि गाभिन लागेका छन् । नेपाल एग्रो लगायत अन्य केही लघुवित्तहरु पनि मर्जरका जानका लागि उपयुक्त संस्थाको खोजीमा रहेका छन् ।
राष्ट्र उत्थान लघुवित्त पनि मर्जरको बाटोमा
यसैबीच राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले पनि मर्जर तथा प्राप्तीको एजेण्डा राखेर विशेष साधारणसभा डाकेको छ । जेठ ३१ गते हुन लागेको साधारणसभाले मर्जर तथा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी दिनेछ ।
हाल २६ करोड रुपैयाँ जारी पुँजी रहेको लघुवित्तले आठ करोड ५० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्दैछ । लघुवित्तमा नेपाल ग्रमाीण विकास संस्थाको ३० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २२ प्रतिशत, प्रभु बैंकको १२ प्रतिशत र ६ प्रतिशत अन्यको गरी ७० प्रतिशत संस्थापक शेयर रहेको छ । कम्पनीको मुख्य कार्यालय काभ्रेको साँगामा रहेको छ ।