जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद दिने भएको छ । गरेको छ । बैंकको आइतबार सम्पन्न साधारण सभाले २ बराबर १ का दरले हकप्रद शेयर दिने निर्णय गरको हो । यसका साथै, साधारणसभाले बैंकको संस्थापक समूहमा रहेको ७० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशतमा झारी सर्वसाधरण समूहको शेयर हिस्सा ४९ प्रतिशत कायम गरी सोही बमोजिम सञ्चालक समितिको संरचनामा फेरवदल गर्ने र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।