बैंकिङ खबर / अब विकास बैंक र फाइनान्सले पनि बाणिज्य बैंक सरह सबै प्रकारका वस्तु तथा सेवाको बोलपत्र जमानत जारी गर्न पाउने भएका छन् । सरकारले सार्वजनिक खरिद नियमावलीमा संशोधन गरी बाणिज्य बैंकलाई मात्रै दिने भनिएको शव्दमा परिवर्तन गरी बाणिज्य बैंक तथा वित्तीय संस्था भनि उल्लेख गरिएको छ । नियमावलीको दफा ५३, १० मा सार्वजनिक खरिदमा पेस गरिने बोलपत्रमा वाणिज्य बैंकले जारी गरेको बैंक जमानत राख्नुपर्ने व्यवस्था रहेकोमा संशोधन गरिएको हो । यससँगै यो विषयमा विकास बैंक र फाइनान्स कम्पनीलाई बाणिज्य बैंक सरह मान्यता दिइएको छ ।
