तयारी हुनुहोस् सेयर हाल्न, सवा दुई अर्बको आईपीओ आउँदैछ

बैंकिङ खबर । सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने तयार रहनुहोस् । यति बेला १६ वटा कम्पनीहरु सेयर निष्काशन गर्ने तरखरमा छन् । दुई वटाले आगामी साता सेयर निष्काशन गर्दैछन् भने १४ वटा कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन् । समग्रमा १६ वटा कम्पनीको कुल दुई अर्ब २४ करोड ३३ लाख रुपेयाँ बराबरको साधारण सेयर (आईपीओ) आउँदैछ ।

इन्फिनिटी माइक्रोफाइनान्सको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर जेठ १३ देखि खुल्दैछ भने १४ गतेदेखि हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १६ लाख कित्ता आईपिओ आयोजना प्रभावितका लागि खुला गर्दैछ । त्यसपछि छिटै सर्वसाधारणका लागि पनि सेयर जारी गर्नेछ ।

यसबाहेक १४ कम्पनीले धितोपत्र बोर्डमा एक अर्ब ४५ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासनका लागि आवेदन दिएका छन् । जसमध्ये, ११ जलविद्युत् कम्पनी, दुई माइक्रोफाइनान्स र एउटा मर्चेन्ट बैंकर रहेका छन् ।

पाइपलाईनमा रहेका कम्पनीहरु
ग्रिनलाइफ हाइड्रोपावर कम्पनी : ३४ लाख ९६ हजार चार सय कित्ता
लिबर्टी इनर्जी कम्पनी : ३७ लाख ५० हजार लाख कित्ता
शुभम पावर : पाँच लाख ८० हजार पाँच सय ८० कित्ता
शिव श्री हाइड्रोपार : ३३ लाख ५१ हजार एक सय ४० कित्ता
आँधीखोला लघुवित्त वित्तीय संस्था : चार लाख कित्ता
माउँली खोला जलविद्युत् कम्पनी : सात लाख ३६ हजार दुई सय ८६ कित्ता
रुरु जलविद्युत् परियोजना : चार लाख सात हजार सात सय पाँच कित्ता
माउन्टेन इनर्जी नेपाल : ३९ लाख ३६ हजार ५४ कित्ता
गर्जाङ उपत्यका हाइड्रोपावर : दुई लाख कित्ता
लाफिङ बुद्ध पावर नेपाल : नौ लाख ७८ हजार कित्ता
सीईडीबी हाइड्रो फन्ड : २२ लाख ८९ हजार तीन सय कित्ता

घोडिघोडा लघुवित्त वित्तीय संस्था : एक लाख ३२ हजार छ सय कित्ता
सबैको लघुवित्त वित्तीय संस्था : पाँच लाख ३० हजार कित्ता

सीबीआईएल क्यापिटल : तीन लाख कित्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *