Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

विस्तार हुँदै वित्तीय पहुँच : ७२५ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती

admin २०७६ जेष्ठ ६ गते
सेयर:

बैंकिङ खबर । ७५३ स्थानीय तहमध्ये २०७६ बैशाखसम्म ७२५ तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । अझै पनि केही दुर्गम भेगहरुमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । प्रदेश नं. १ को तीन वटा, प्रदेश नं. २, ३ र ४ को २।२ वटा, ६ को १२ वटा र ७ को सात वटा स्थानीय तहमा बैंक पुग्न बाँकी रहेको छ । प्रदेश नं. ५ को सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०७५ चैत्र मसान्तको तथ्यांकअनुसार हाल क, ख, ग र ३ वर्गका गरी कुल १७६ वटा बैंक तथा वित्तीय संस्था संचालनमा रहेका छन् । गत असार मसान्तमा १५१ रहेकोमा नौ महिनामा बैंक तथा वित्तीय संस्थाको संख्या २५ले बढेको हो ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । नौ महिनाको अवधिमा १५५४ वटा शाखा थपिएर कुल शाखा संख्या ८२०५ पुगेको छ । २०७५ चैत मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

बैंकहरुको शाखा बढेसगै बैंकिङ पहु्ँच र वित्तीय साक्षरताको अवस्थामा पनि सुधार आउन थालेको छ । बैंकमा खाता खोल्ने, रेमिट्यान्सको प्रयोग गर्ने, कर्जा लिएर उद्यम गर्ने, नियमित बचत गर्नेहरुको संख्यामा पनि वृद्धि हुन थालेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।