Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

पैसाको फर्मुला : बजेट, ब्याज, बचत र लगानी

admin २०७६ जेष्ठ ५ गते
सेयर:

बजेटिङ
बजेट बनाएर सोही अनुसार चल्न सबैले सिक्नुपर्छ । यसले गर्दा हामीलाई वित्तीय अभाव कहिल्यै हुँदैन । अहिलेको आधुनिक युगमा विभिन्न वेभसाइट एवम् एप्सहरुको सहयोगमा बजेट बनाउन सकिने सुविधा छ । यसरी बनाएको बजेटले तपाईँको कमाई कहाँ र कसरी खर्च भइरहेको भन्ने कुराको अवगत गराउँछ । त्यसैले, वित्तीय साक्षरताको पहिलो सुरुवात बजेट निर्माणबाट गर्नुपर्छ ।

व्याजको प्रभाव
गणित विषयमा व्याजसम्बन्धी हिसाबहरु सिकाइन्छ । किनकि, यसले सुरुमा लिएको सानो रकम र केही समयपछि थप गरि फिर्ता गरिएको रकम बीचको अन्तर बुझाउँछ । यो कुरा समयमा नै जान्यो भने तपाईँलाई वित्तीय रुपमा निकै सहयोग पुग्नेछ ।

बचत
त्यस्तै, वित्तीय साक्षरता अन्तर्गत हामीले सिक्नैपर्ने कुरा हो बचत । बचत गर्न नजानेसम्म हामीले गरेको आम्दानीको अर्थ हुँदैन । बचत भनेको वित्तीय सुरक्षा हो, जुन भविष्यमा कुनै पनि बेला काम लाग्न सक्छ । यो कुरा हामीले सानै उमेरदेखि सिक्नु जरुरी छ ।

लगानी
लगानीसम्बन्धी कुरा पनि जानीराख्नुपर्छ । लगानीका क्षेत्रहरु कुनकुन हुन् र आफूले कुन क्षेत्रमा लगानी गर्ने भन्ने कुराको ज्ञान हुनु पनि वित्तीय साक्षरताअन्तर्गत पर्दछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।