वाणिज्य बैंकहरुको नाफा २० प्रतिशतले बढ्यो : कुनले कति कमायो ?

बैंकिङ खबर । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ वटा वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् । कर्जा प्रवाहमा गरिएको नियन्त्रणका बाबजुद पनि पछिल्लो तीन महिनामा बैंकहरुको नाफा २० प्रतिशतले बढेको छ । बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने नौ अर्बभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षमा २८ वाणिज्य बैंकहरुको नाफा ५४ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको नौ महिनामा दुई वटा बैंकले तीन अर्ब, ६ वटा बैंकले दुई अर्ब र १८ वटा बैंकले एक अर्बभन्दा बढी नाफा कमाएका छन् । सिभिल र सेन्चुरी बैंकको नाफा भने करोडमै सीमित रहेको छ । हेरौँ, २८ वटै वाणिज्य बैंकको नाफा विवरण :
राष्ट्रिय वाणिज्य बैंक : तीन अर्ब ४९ करोड रुपैयाँ
नविल बैंक : तीन अर्ब १९ करोड रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट बैंक : दुई अर्ब ५६ करोड रुपैयाँ
एनआईसी एशिया बैंक : दुई अर्ब २७ करोड रुपैयाँ
नेपाल बैंक : दुई अर्ब २४ करोड रुपैयाँ
एभरेष्ट बैंक : दुई अर्ब २१ करोड रुपैयाँ
कृषि विकास बैंक : दुई अर्ब २१ करोड रुपैयाँ
हिमालयन बैंक : दुई अर्ब एक करोड रुपैयाँ
ग्लोबल आईएमई बैंक : एक अर्ब ८७ करोड रुपैयाँ
स्टान्डर्ड चार्टर्ड बैंक : एक अर्ब ७३ करोड रुपैयाँ
एनएमबी बैंक : एक अर्ब ६५ करोड रुपैयाँ
नेपाल एसबीआई बैंक : एक अर्ब ६० करोड रुपैयाँ
सिद्धार्थ बैंक : एक अर्ब ५९ करोड रुपैयाँ
सानिमा बैंक : एक अर्ब ५७ करोड रुपैयाँ
प्राइम कमर्सियल बैंक : एक अर्ब ५४ करोड रुपैयाँ
प्रभु बैंक : एक अर्ब ४५ करोड रुपैयाँ
माछापूच्छ्रे बैंक : एक अर्ब २४ करोड रुपैयाँ
सनराइज बैंक : एक अर्ब २२ करोड रुपैयाँ
मेगा बैंक : एक अर्ब २१ करोड रुपैयाँ
बैंक अफ काठमाण्डू : एक अर्ब २० करोड रुपैयाँ
नेपाल क्रेडिट एण्ड कमर्श बैंक : एक अर्ब १६ करोड रुपैयाँ
नेपाल बंगलादेश बैंक : एक अर्ब १४ करोड रुपैयाँ
सिटिजन्स बैंक : एक अर्ब सात करोड रुपैयाँ
लक्ष्मी बैंक : एक अर्ब तीन करोड रुपैयाँ
जनता बैंक : एक अर्ब दुई करोड रुपैयाँ
कुमारी बैंक : एक अर्ब रुपैयाँ
सेञ्चुरी कमर्सियल बैंक : ६१ करोड रुपैयाँ
सिभिल बैंक : ४९ करोड रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *