बैंकिङ खबर । चुक्तापुँजी वृद्धिसँगै जीवन बीमा कम्पनीहरुको व्यापार पनि विस्तार भएको छ । विगतको तुलनामा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको मुनाफा उल्लेख्य रुपमा बढाउन सफल भएका छन् । चैत्र मसान्तसम्मको विवरण अनुसार, सबैभन्दा धेरै नाफा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको छ भने सबैभन्दा कम कमाउनेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा वृद्धिदर रिलायबल लाइफ इन्स्योरेन्सको उच्च रहेको छ भने सबैभन्दा कम वृद्धिदर नेपाल लाइफ इन्स्योरेन्सको छ । आईएमई, सननेपाल, प्रभु र रिलायन्सको नाफा घटेको छ ।
हेरौँ, १९ वटै जीवन बीमा कम्पनीको नाफा विवरण :
नेपाल लाइफ इन्स्योरेन्स : ४६ करोड ७२ लाख रुपैयाँ
नेशनल लाइफ इन्स्योरेन्स : ३० करोड ६० लाख रुपैयाँ
मेट लाइफ इन्स्योरेन्स : २० करोड ४६ लाख रुपैयाँ
प्राइम लाइफ इन्स्योरेन्स : १५ करोड ३६ लाख रुपैयाँ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स : १५ करोड ४२ लाख रुपैयाँ
सूर्या लाइफ इन्स्योरेन्स : १३ करोड ७१ लाख रुपैयाँ
सिटिजन्स लाइफ इन्स्योरेन्स : १२ करोड १४ लाख रुपैयाँ
एलआईसी नेपाल : १० करोड ७१ लाख रुपैयाँ
युनियन लाइफ इन्स्योरेन्स : १० करोड ६० लाख रुपैयाँ
ज्योति लाइफ इन्स्योरेन्स : १० करोड सात लाख रुपैयाँ
सननेपाल लाइफ इन्स्योरेन्स : १० करोड चार लाख रुपैयाँ
आईएमई लाइफ इन्स्योरेन्स : नौ करोड ६० लाख रुपैयाँ
सानिमा लाइफ इन्स्योरेन्स : सात करोड ६८ लाख रुपैयाँ
महालक्ष्मी लाइफ इन्स्योरेन्स : छ करोड २२ लाख रुपैयाँ
गुराँस लाइफ इन्स्योरेन्स : पाँच करोड ६५ लाख रुपैयाँ
एशियन लाइफ इन्स्योरेन्स : पाँच करोड ४४ लाख रुपैयाँ
प्रभु लाइफ इन्स्योरेन्स : तीन करोड ८० लाख रुपैयाँ
रिलायन्स लाइफ इन्स्योरेन्स : दुई करोड ७० लाख रुपैयाँ
राष्ट्रिय बीमा संस्थान : एक करोड ६८ लाख रुपैयाँ


