Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भारतमा ७८ प्रतिशत हुँदा, चिनको वित्तीय पहुँच ८० प्रतिशत

२०७६ बैशाख ३० गते

बैंकिङ खबर / एक अनौपचारिक तथ्यांकका अनुसार नेपालको ६० प्रतिशत जनसंख्या बैंकिङ पहुँचबाहिर रहेको छ । यद्यपि, नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, नेपालको ७५३ वटै स्थानीय तहमा कुनै न कुनै वर्गका बैंक तथा वित्तीय संस्थाले सेवा दिइरहेका छन् भने छिटै नै सबै स्थानीय तहमा वाणिज्य बैंक नै पुग्दैछन् ।

भारत : वित्तीय पहुँचका हिसाबले भारत सबल देखिएको छ । ससाना स्कीमहरुमार्फत ग्रामीण भेगका विपन्न वर्गसम्म जोडिएर छोटो समयमा नै वित्तीय पहुँच उल्लेख्य रुपमा बढाउन भारत सरकार सफल भएको छ । २०१४ देखि २०१७सम्ममा भारतमा वित्तीय पहुँच ५४ प्रतिशतबाट बढेर ७८ प्रतिशत पुगेको छ । भारतमा २५ हजार बैंक शाखा र ४५ हजार एटीएम संचालनमा रहेका छन् ।

चीन : चीनको ८० प्रतिशत जनसंख्या वित्तीय पहुँचभित्र रहेको छ । सहरी भेगहरु झन्डै शतप्रतिशत नै वित्तीय पहुँचमा छन् । ग्रामीण भेगका पनि ७४ प्रतिशत युवा वित्तीय पहुँचभित्र छन् । कतिपय मुलुकमा बैंक खाताको संख्या मात्रै बढिरहेको हुन्छ । तर, खोलिएका खातामध्ये, अधिकांश खाता प्रयोगमा आउँदैनन् । चीनमा यस्तो समस्या छैन । चीनमा रहेका ५३ प्रतिशत बैंक खाताहरु धेरै सकृय रहेका छन् । बाँकी खाताहरु पनि नियमित प्रयोगमा रहेका छन् । यस हिसाबले हेर्दा, वित्तीय पहुँचको विषयमा चीन धेरै अगाडी रहेको छ ।

Ad