Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुको उपहार योजनामाथि राष्ट्र बैंकले रोक लगायो

२०७६ बैशाख २६ गते

बैंकिङ खबर / बैंक तथा वित्तीय संस्थाले ग्राहक आकर्षित गर्न अपनाएको उपहारको बाटोलाई नेपाल राष्ट्र बैंकले रोक लगाईदिएको छ । पछिल्लो समय निक्षेप संकलनका लागि बैंकहरुले उपहारका कार्यक्रमहरु अघि सारीरहेका थिए । अब भने उनीहरुले कुनै पनि प्रकारको उपहार दिन नपाउने भएका छन्। राष्ट्र बैंकले बिहीबार उपहार दिन प्रतिबन्ध लगाएको हो। बैंकले कार, सुनचाँदीको सिक्का जस्ता उपहार दिने घोषणा गर्दा विकृति देखिएको भन्दै राष्ट्र बैंकले रोक लगाएको हो ।