Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सानिमा बैंकका संस्थापक लगानीकर्ता उपेन्द्र महतोले बैंक छोडे

२०७६ बैशाख २६ गते

बैंकिङ खबर / सानिमा बेंकका संस्थापक तथा एनआरएनए उपेन्द्र महतोले सानिमा बैंक छाडेका छन् ।  नेपाली बैंकिङ क्षेत्रमा एनआरएनए समुहद्धारा संचालीत सानिमा बैंकबाट मुख्य लगानीकर्ता मानिएका उपेन्द्र महतोले सम्पूर्ण सेयर विक्रि गरेका छन् । उनी सहित उनको समुह अब यो बैंकबाट अलग भएको छ । बैंकमा उपेन्द्र महतोका भाई डा विरेन्द्र महतोको नाममा सेयर राखिएको थियो । बीरेन्द्र सानिमासँगै माछापुच्छ्रे बैंकमा पनिा आबद्ध थिए ।

उनी माछापुच्छ्रे बैंकका अध्यक्ष समेत हुन् । दुइवटा बैंकमा रहन नमिल्ने भन्दै यो समुह सानिमाबाट बाहिरीएको हो । महतोको २७ लाख १८ हजार ८३५ कित्ता सेयर थियो । आइतबार सम्म उनको सम्पूर्ण सेयर निश्कासन हुने छ । प्रतिकित्ता १८० रुपैयाँको दरले सानिमाको संस्थापक सेयरको कारोबार भएको हो ।

Ad