Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कुन विकास बैंकले कति कमाए ? गरिमा विकासको नाफा ४२ करोड ३७ लाख

२०७६ बैशाख २० गते

बैंकिङ खबर । आर्थिक वर्ष २०७५/०७६ को तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरण प्रकाशित गर्ने क्रम बढेको छ । अहिले सम्म १० वटा वाणिज्य बैंकहरुले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरु मध्ये चार वटा विकास बैंकहरुले मात्र वित्तीय विवरण प्रकाशित गरेका छन् । जस मध्ये गरिमा विकास बेंकले सबैभन्दा धेरै नाफा कमाएको विवरण प्रकाशित गरेको छ । गरिमा विकास बैंकले अहिलेसम्म ४२ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।

ओम डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा ३४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । लुम्बिनी विकास बैंकले ३४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ भने कामना सेवा विकास बैंकले २१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ ।