May 2nd, 2019

यस्तो छ दश बैंकको प्रतिशेयर आम्दानी, एभरेष्ट बैंकको सबैभन्दा बढी

बैंकिङ खबर । कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी (अर्निङ पर सेयर, इपिएस) प्राप्त हुन्छ । यो शेयरको मूल्य मापन गर्ने एक महत्वपूर्ण आधार हो । प्रतिशेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकोलाई कमसल मानिन्छ ।

हामीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका १० वाणिज्य बैंकको प्रतिशेयर आम्दानीलाई देखाउने प्रयास गरेका छौं । वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिशेयर आम्दानी एभरेष्ट बैंकको छ । यो बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ८१ पैसा रहेको छ । त्यसपछि नेपाल बैंकको ३० रुपैयाँ २५ पैसा रहेको छ । सबैभन्दा कम प्रतिशेयर आम्दानी सिटिजन्स बैंक इन्टरनेसनलको १७ रुपैयाँ १४ पैसा देखिएको छ । कुमारी बैंकको १८ रुपैयाँ ६७ पैसा प्रतिशेयर आम्दानी रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]