April 24th, 2019

बैंकहरुबीच मर्जरको चर्चा, किन हुन्छ मर्जरमा असफल प्रयास

बैंकिङ खबर। पछिल्लो समय बैंकहरुबीच बिग मर्जरको चर्चा निकै बढेको छ । मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञाानेन्द्र प्रसाद ढुंगानाले आयकरमा छुट दिएमा बैंकहरु मर्जरमा जाने बताएका थिए । यसले पनि फेरी एकपटक बैंकहरु मर्जरमा जाने विषय चर्चामा आएको छ ।

अर्थमन्त्री खतिवडाले पनि कर सुविधाको विषयमा सकारात्मक हुँदै छलफल गर्न सकिने बताए । नेपाल राष्ट्र बैंकले बैंकर्स र सञ्चालकलाई बेलाएर मर्जरमा जानका लागि सुझाव दिदै आएको छ । यसले गर्दा बैंकहरुबीच पनि मर्जरको विषयमा ब्यापक चर्चा चलेको छ ।

केही समय अघि एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यसअघि आफुलाई बैंकहरुबीच मर्जरको नीति लिनु पर्छ भन्ने सुझाव आउँदा आफुले निजी क्षेत्रलाई चलाउनु हुँदैन भनेको र अहिले बैंकको संख्या बढी हुँदा वित्तीय बजारमा अस्वस्थ्य प्रतिस्प्रधा हुने गरेको उल्लेख गर्दै बैंकहरुलाई मर्जरमा जाने वातावरण बनाउनु पर्ने बताएका थिए । त्यस यता बिग मर्जरले निकै चर्चा पाएको छ ।

तर मंगलबार नै नेपाल राष्ट्र बैंकमा प्राइम कमर्शियल बैंक र ओम डेभलोपमेन्ट बैंकका अध्यक्ष र सिइओबीच मर्जरका विषयमा छलफल भयो । गत माघ महिनामा नै मर्जर सक्नु पर्ने भएपनि विभिन्न विषयमा मतभेद रहदा ३ महिना समय थप गरिएको थियो । नेपाल राष्ट्र बैंकले पनि बैशाअ १३ गते सम्मका लागि मर्जर प्रकृया पुरा गर्नका लागि समय थप गरिदिएको थियो । तर अहिले सम्म यी दुवै बैंकहरुको मर्जर प्रकृयामा कुनै छलफल हुन सकेको छैन् । यसले बैंकहरु बीच मर्जरमा जान के कुराले समस्या लयाउँदे छ भन्ने चर्चाको विषय बनेको छ ।

बैंकहरुबीच भएका मर्जरका असफल प्रयास
केही वाणिज्य बैंकहरुले मर्जरको लागि गरेको प्रयास असफल भएको देखिन्छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श ९एनसीसी० बैंकले पनि मर्जरको लागि सम्झौता गरेका थिए । तर दुई बैंकबीचको मर्जर अन्तिम समयमा आएर रद्द भएको थियो ।

लक्ष्मी र एभरेष्ट बैंकबीच पनि मर्जर हुने कुरा चल्दाचल्दै पछिल्लो समय आएर उक्त विषय सेलाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकको पनि मर्जरको कुरा चलेको थियो तर त्यो विषय पनि कुरैमा सिमित हुन पुग्यो ।

चालु आर्थिक बर्षको साधारणसभाले प्रभु, ग्लोबल आईएमई, माच्छापुच्छ्रे लगायतका आधा दर्जन भन्दा धरै बैंकहरुले उपयुक्त संस्थासँग मर्जमा जान सकिने भन्दै प्रस्ताव समेत पास गरेर बसेका छन् ।

करीब तिन बर्ष पहिले देवः विकास बैंकमा गाभिने सम्झौता भएको साहरा विकास बैंकको पनि अझै सम्म शेयर कारोबार रोक्का रहेको छ । तर मर्जरको प्रक्रियामा खासै उपलब्धी भएको देखिदैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]