April 24th, 2019

२ करोड ९ लाखले खोले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा बचत खाता

बैंकिङ खबर । चालु आर्थिक वर्षको फागुन मसान्त सम्म बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३ सय ८७ वटा बैंक खाता खुलेका छन् । जसमध्ये वाणिज्य बैंकहरुमा २ करोड ९ लाख ७८ हजार २ सय ६१, विकास बैंकहरुमा ४१ लाख २७ हजार ८ सय १८ र वित्त कम्पनीमा ५ लाख ५२ हजार ३ सय ८ रहेको छ ।

ब्रान्चलेस बैंकिङबाट बैंकिङ सेवा लिने सेवाग्राहीको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ । यसमा वाणिज्य बैंकहरु र विकास बैंकहरुमात्र समावेस छन् । अहिले सम्म वित्त कम्पनीहरुले ब्रान्चलेस बैंकिङ सेवा दिएको देखिदैन् । विकास बैंहरु मध्ये एउटा मात्र बैंकको एउटा मात्रै ब्रान्चलेस बैंकिङ सेवा सञ्चालनमा रकेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । जसबाट १ सय २९ जनाले बैंकिङ सेवा लिइरहेका छन् । वाणिज्य बैंकहरुको बान्चलेस बैंकिङबाट सेवा लिने सेवाग्रही भने १ लाख ११ हजार ४ सय ४१ रहेका छन् ।

बैंक तथा वित्तीय संस्थामा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ६३ लाख पुगेको छ । त्यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरु पनि ८ लाखभन्दा माथि पुगेका छन् । डेविट कार्ड प्रयोगकर्ताहरु ५९ लाख ६२ हजार भन्दा धेरै रहेका छन् भने क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १ लाख माथि र प्रिपेड कार्ड प्रयोगकर्ताहरु ६४ हजार पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]