नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल म्यानमारको केन्द्रिय बैँक नाई पेई ताउद्धारा आयोजित एसीयूका सञ्चालकहरुको ४५ औँ वैठकमा भाग लिएर मंगलबार स्वदेश फर्केका छन् । जेठ २१ गतेदेखि सुरु भएको बैठक जेठ २३ गते सकिएको थियो । डा. नेपालले बैठकको सम्बोधन गर्दै विश्वको वित्तीय स्थिती र नेपालको वित्तीय स्थितको बारेमा जानकारी गराए । उनले भुकम्पले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र पिडितको उद्धार तथा पुनर्निमाणको प्रयासहरुका बारेमा पनि बैठकमा जानकारी गराए । वित्तीय स्थिरता र समावेशिताको क्षेत्रमा नेपाल राष्ट्र बैंकले चालेका कदमहरुका बारेमा उनले बताए । कार्यक्रममा डा. नेपालले एसीयुका सदस्य राष्ट्रहरुले वर्तमान भुक्तानी प्रणालीलाई अझ प्रचावकारी बनाउनका लागि कदम चाल्नुपर्ने आवश्यता औँल्याए । साथै, व्यापारीक सहजताका लागि सदस्य राष्ट्रहरुबिचमा आर्थिक तथा प्राविधिक सहयोग र समन्वयलाई अझ सुदृढ पार्दै लैजानुपर्ने समेत उल्लेख गरे ।