२०७३ जेष्ठ २६ गते

हेर्नुस् बुधबार कुनकुन कम्पनिका कति शेयर थपिए शेयर बजारमा

nepse1बुधबार एकैदिनमा शेयरबजारमा ३० लाख कित्ताभन्दा बढी बोनश शेयर सूचीकृत भएका छन् । विभिन्न तीन कम्पनीको गरेको ३० लाख कित्ता भन्दा बढी बोनश शेयर सूचिकृत भएको हो । त्यस्तै, दुई कम्पनीको संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ ।

नेप्सेका अनुसार बुधबार मुक्तीनाथ विकास बैंक, कन्काई विकास तथा त्रिवेणी विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो । जसमा मुक्तीनाथको १९ लाख ८४ हजार ७७ कित्ता, त्रिवेणीको ७ लाख ९९ हजार २ सय ९२ कित्ता तथा कन्काईको २ लाख ५० हजार बोनश शेयर थपिएको हो ।

यसैगरि कामना विकास बैंकको २२ लाख १७ हजार ७ सय ७२ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ भने मनास्लु विकास बैंकको पनि ३ लाख ४८ हजार ७ सय ६ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ । यो सँगै दुवै बैंकमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ५१ः४९ प्रतिशत भएको छ ।