प्राइम प्राइम कमर्सियल बैंक लिमिटेडले विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड खरिद गर्ने भएको छ । प्राइम र यी दुई विकास बैंकबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्राइम बैंकका तर्फबाट संचालक एवं मर्जर समितिका संयोजक श्याम बहादुर श्रेष्ठ, विराटलक्ष्मीका तर्फबाट अध्यक्ष माधव प्रसाद कोइराला तथा कन्ट्रीका तर्फबाट संचालक समितिका अध्यक्ष इन्द्र नारायण भैलले एक्विजिसनको समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् । बिभिन्न बित्तीय संस्थाहरुलाई गाभि आफ्नो पूँजी बढाउने योजना अन्र्तगत विराटलक्ष्मी र कन्ट्री डेभलपमेण्टलाई एक्विजिसन गर्ने निर्णय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले यस वर्षका लागि जारी गरेको मौद्रिक नीति अनुसार “क” वर्गका बैंकहरुले २०७४ असारसम्म चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुर्याउनु पर्नेछ ।
विराटलक्ष्मी पुर्वका १० गिलन कार्यक्षेत्र भएको क्षेत्रीय स्तरको बिकास बैंक हो । गत फागुनसम्म यो विकास बैंकको चुक्ता पुँजी करिब ४२ करोड रुपैयाँ थियो । त्यस्तै काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको कन्ट्रि डेभलपेन्टको चुक्ता पुँजी ३३ करोड २८ लाख रुपैयाँ छ । यो विकास बैंक पनि क्षेत्रीय स्तरको हो । यसका १० वटा गिलन कार्यक्षेत्र छन् ।
बैंकले आफ्नै पूँजी बृद्धिको थप योजना अन्तर्गत आगामी २०७३ अषाढ भित्र ३ः१ (तीन सेयर बराबर एक) हकप्रद शेयर जारी गर्ने स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।