बैंकिङ खबर । बुटवलका दुई विकास बैंक मिसन र तिनाउले बराबरी हैसियतमा एक आपसमा गभिने निर्णय गरेका छन् । त्यसको केही समय पहिले मात्र बुटवलकै शाइन रेसुङ्गा बैंकमा भैरहवाको पूर्णिमा विकास बैंक गाभिने सम्झौता भएको थियो ।
अहिले मर्जर तथा एक्वीजीसनको प्रक्रियामा रहेका १७ वटा बैंक मध्ये ३ वटा वाणिज्य बैंक, ३ वटा राष्ट्रिय स्तरको विकास बैंक, एउटा १० जील्ला कार्यक्षेत्र भएको, ६ वटा तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंक, २ वटा एक जिल्ला कार्यक्षेत्र भएको विकास बैंक र २ वटा फाइनान्स कम्पनी रहेका छन् । यस हिसाबले १७ वटा बैंक तथा वित्तीय संस्था मर्जर र एक्वीजीसनको प्रक्रियामा छन् ।
हेर्नुहोस् कुन कुन वित्तीय संस्थाबीच मर्जरको प्रकृया अगाडी बढेको छ
प्राइम कमर्शियलमा गाभिदै ओम डेभलपमेन्ट बैंक
ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स गाभ्दै
नेपाल इन्भेष्टमेन्ट बैंकमा जेविल्स फाइनान्स गाभिदै
प्रदेश १ का सप्तकोशी र कावेली विकास बैंक मिलेर प्रदेश स्तरको बन्ने
देवः विकास बैंकमा सहारा र वेस्टर्न डेभलपमेन्ट बैंक गाभिदै
तिनाउ विकास र मिसन डेभलपमेन्ट बैंक बराबर हैसियतमा गाभिने
ज्योति विकास बैंकमा हाम्रो विकास बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा
शाइन रेसुङ्गा र पूर्णिमा विकास बैंक गाभिएर राष्ट्रिय स्तरको बन्दै
तनहुँको आर्थिक समृद्धि र गोरखाको साधना लाघुवित्त मर्जरमा जाँदै