March 17th, 2019

१२ गते भित्र बाँडफाड हुँदै स्पर्श लघुवित्तको आईपीओ

बैंकिङ खबर । स्पर्श लघुवित्तको साधारण शेयर (आईपीओ) चैत १२ गते भित्र बाँडफाड हुने भएको छ । लघुवित्तको आईपीओमा धरै आवेदन परेको र अहिले त्यसको विवरण भेरिफाइ भइरहेकोले सकेसम्म यहि हप्तामा नभए १२ गते भित्र बाँडफाँड गरिने विक्री प्रबन्धक सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष जोशिले बताए । लघुवित्तको आईपीओमा ३ लाख ६ हजार भन्दा बढीको आवेदन परेको छ ।

२ लाख ६९ हजार ६ सय ३० कित्ता साधारण शेयर मध्ये लघुवित्तले १३ हजार ४ सय ८२ कित्ता सामुहिक लगानी कोष र ४ हजार १ सय ४८ कित्ता लघुवित्तका कर्मचारीको लागि छुट्याएको थियो । बाँकि रहेको २ लाख ५२ हजार कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए । लघुवित्तको आईपीओमा माग भन्दा ३३ गुणा बढी आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट २५ हजार २ सय १० जना आवेदकले मात्र समान १० कित्ता शेयर पाउँछन् भने २ लाख ८१ हजार भन्दा बढी आवेदकको हात खालि हुनेछ ।

५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले निश्काशन गरेको साधारण शेयरको बाँडफाँड पश्चात चुक्ता पूँजी ८ करोड २९ लाख पुग्नेछ । लघुवित्तको केन्द्रिय कार्यालय पोखरामा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]