लागु होला बैशाखदेखि दोस्रो बजार कारोबारमा प्यान नम्बर ?

बैंकिङ खबर ।  सरकारले चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा गर्ने क्रममा बैंशाखदेखि अनिवार्य रुपमा प्यान नंम्बर लागु गर्ने बताएको छ । लगानीकर्ताहरुले भने तत्कालललाई प्यान नंम्वर स्वेक्षिक रुपमा लागु गर्नुपर्ने र यसलाई विस्तारै अनिवार्य गर्नुपर्ने माग गरेका छन् । तत्कालै अनिवार्य गर्दा दोस्रो बजारमा झनै प्रभाव पर्ने उनीहरुको भनाई छ । शेयर विक्री गर्नेलाई प्यान अनिवार्य नहुने तर खरिदकर्तालाइ अनिवार्य गर्ने तयारी सरकारको छ ।

शेयर कारोबार गर्दा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर बुझाउनुपर्ने हुन्छ । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समिक्षामा ‘बैंकल्पीक लगानी कोष नियमावली २०७५’ तथा धितोपत्र सुचिकरण तथा कारोबार निएमावली स्वीकृत भइसकेकोले बैंशाखदेखि अनिवार्य रुपमा प्यान नंम्बर पेश गर्नुपर्ने बताएको छ ।

प्यान कार्ड लागु गर्दा के हुन्छ ?

प्यान कार्ड लागु गरेपछि बैंधानीक च्यानलबाट कमाएको पैसा मात्र शेयरमा लगानी गर्न सकिने हुन्छ । जसले गर्दा कालोधनबाट शेयर कारोबार गरिरहेकालाई निरुत्साहित गर्छ । सानो पूँजीकरण भएको कम्पनीहरुको शेयरमा केही ठुला लगानीकर्ताहरुले तिब्र रुपमा बजारमा खेलवाड गरिरहेका हुन्छन् । त्यस्तो खेलवाडलाई निरुत्साहित गर्दै साना लगानीकर्तालाई सुरक्षीत बनाउन सहयोग गर्ने काममा प्यान कार्ड महत्वपुर्ण बन्न सक्छ । त्यस्तै कतिपय लगानीकर्ताले पूँजीगत लाभकर तिरिहेका छैनन् । त्यस्ता लगानीकर्तालाई करको दायरामा ल्याउने उदेश्य सरकारले लिएको छ । प्यान नंम्बर लागु भएपछि पूँजीगत लाभकरमा हुने चुहावट रोकिने विश्वास समेत सरकारको छ ।

के भन्नछनन् लगानीकर्ता ?
सरकारले प्यान लागु गर्ने हो भने शेयर खरिद तथा विक्री दुबैमा एकसाथ लागु गर्नुपर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनि भन्नछन् “सरकारले शेयर खरीद गर्दा मात्र प्यान अनिवार्य गर्ने तर शेयर विक्री गर्नेलाई प्यान आवाश्यक नपर्ने भनेको छ यसले लगानीकर्ताले शेयर बेच्ने तर खरिद गर्ने बेलामा प्यान चाहिने भएपछि पलायन हुने सक्ने सम्भावना रहन्छ ।” सरकारले ६ महिना अगाडी देखी नै शेयर लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने भनेको भएपनि हालसम्म पनि अनिवार्य बनाउन नसकेको भन्दै प्यान कार्डलाई पनि अनिवार्य भनेको छ । प्यान लागु गर्ने विषयमा पनि पूँजीगत लाभकरुको जस्तै अवस्था हुने हो भने लगानीकर्ता झनै निरुत्साहित हुने र प्यान कार्डलाई झन्झट मानी लगानीकर्ता पलायन हुने उनले बताए । लगानीकबर्ताहरुले प्यान कार्डको विरोध भने नगरेको तर अहिले स्वेच्छिक रुपमा लागु गर्नु पर्ने र विस्तारै प्यानको बारेमा लगानीकर्तालाई बुझाउँदै लगेपछि अनिवार्य बनाउनुपर्ने माग मात्र गरेको उनि बताउँछन् ।

के भन्छने शेयर विज्ञ ?
शेयर विज्ञ डा.गोपाल भट्ट शेयर कारोबारमा अनिवार्य रुपमा प्यान नंम्बर प्रयोग गर्दा राम्रो हुने बताउँछन् । “प्यान कार्ड भेनेको ट्याक्समा ट्रान्फरेन्सीको लागी हो ।” प्यान कार्डको उदेश्य इन्भेष्टरहरु जसले शेयरको कारोबार गर्छन् उनिहरुको कारोबार पारदर्शी र सुरक्षित होस् भन्ने हो । उनिहरुले शेयर कारोबारबाट कमाएको आधारमा ट्याक्स तिरे वा तिरेनन् उक्त विषयलाई सिस्टमामा ल्याउन सजिलो होस् भन्ने हो । कालोधन तथा गैरकानुनी तरिकाबाट शेयबजारमा लगानी गर्ने गरेको भनिन्छ यसलाई नियन्त्रण गर्न पनि प्यान कार्डले सहयोग गर्छ । शेयर बजारमा हुने अश्वभाविक वृद्धिलाई अथवा बजारलाई अश्वभाविक रुपमा खेलवाड गर्ने हरुलाई निरुत्साहित गर्न सहयोग गर्छ । जसले गर्दा साधारण लगानीकर्तालाई शेयर बजारमा लगानी गर्न सुरक्षा प्रदान गर्छ । नेपालमा अन्य क्षेत्रबाट कालो धन ल्याउने अनि शेयर बजारमा लगानी गरेर सेतो बनाउने पवृति रहेको भन्दै त्यस्तो कार्यलाई रोक्ने कुरामा प्यान नम्बरले सहयोग पुर्याउँछ । विभिन्न नामबाट कारोबार गरिरहेकालाई एउटै ठाउँमा बाध्ने हुँदा शेयको वास्तविक अवस्था र लगानीकर्ताकहरुको बारेमा पनि जानकारी लिन सजिलो हुन्छ । यि सकारात्मक विषय भए तर केही समस्या पनि आउन सक्छ । अहिले बजार घट्दो अवस्थामा रहेको छ । यस्तो बेलामा अधिकाम्स लगानीलाई प्यान नम्बरको बारेमा र यसको फाइदाको बारेमा जानकारी नभएकोे अवस्थामा प्यानलाई अनिवार्य गर्दा प्यानको झन्झटमा पर्नु भन्दा लगानी गर्दैनौ भनेर लगानीकर्ता पलायन हुने सम्भावना रहन्छ यसलाई सम्बन्धित निकायले ध्यान दिन जुरुरी छ । त्यसैले प्यान लागु गर्नको लागि उपयूक्त समय छनोट गर्नुपर्ने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *