बैंकिङ खबर । नेपाल पूर्वाधार बैंकले बुधबारदेखि औपचारिक कारोबार सुरु गरेको छ । बैंकको औपचारिक कार्यक्रमको समुदघाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले पूर्वाधार बैंकले पनि अन्य वाणिज्य बैंकहरुले जस्तै अस्वस्थ प्रतिस्पधा गर्न नहुने बताए । बैंकले दिर्घकालीन परियोजनामा लगानी गर्ने हुनाले दिर्घकालिन फण्डको लागि नै प्रयास गर्नुपर्ने भन्दै एनआरएनहरुले लगानी गर्ने बैंकको रुपमा विकास गर्न अग्रह गरे । मन्त्री खतिवडाले एनआरएनको लगानी भित्र्याउन निश्चित ब्याजदर तोकेर डिपोजीट प्रमाणपत्र दिने ब्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्री खतिवडाले आफुले बैकिङ क्षेत्रमा हस्तक्षेप गर्न नखोजेको तर अस्वभाविक रुपमा बढेको ब्याजदरलाई नियन्त्रण गर्न चाहेको बताए । उने भने ‘अधिकांस बैंक पनि निजी क्षेत्रकै छन् र व्यससायी पनि निजी क्षेत्र, त्यसैले अधिकांस बैंकको लगानीकर्ता पनि व्यवसायी नै छन् ।’ आफुलेनै बैंकमा पनि लगानी गरेको छ । बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने पनि आफै छन् । अनि व्याज बढी भयो भनेर विवाद गर्ने पनि उनिहरु । व्यवसायिको पनि संगठन छ बैंकको पनि संगठन छ । तपाईहरु छलफल गर्नुस अनि कहाँ हस्तक्षेप गर्नुपर्छ त्यहाँ म हस्तक्षेप गर्न तयार छु । तर तपाईहरु सहमती गरेर आनुहोस् म काम गर्न तयार छु । तर अहिले नै हस्तक्षेप गर्ने अवस्था नआओस् । उनले भने ।
आफ्नो सम्बोधनका क्रमममा अधिकाम्स समय आफ्नै गुनगानमा विताएका खतिवडाले आफुले यस्तो चाहेको र यस्तो हुनुपर्ने भन्दै आफु नै मुलुकको प्रमुख रहेका जसरी निर्देशनात्मक मन्तब्य राखेका उनले आफु अर्थमन्त्री नभएर समग्र बैंकिङ क्षेत्र सुधारको नायक रहेको जस्तो अभिव्यक्ति दिए ।
कार्यक्रममा गर्भनर डा. चिरंजीवि नेपालले बैंकलाई सफलताको शुभकामना दिदै पूर्वाधार विककासको महत्वपुर्ण समयमा बैंकको शुभारम्भ भएकोले विदेशी लगानी भित्राएर पूर्वाधारको विकासमा काम गर्न सुझाव दिए । उनले राष्ट्र बैंकले नीतिगत ब्यवस्था गरेकाले बैंकले आफ्नो क्षमता देखाउने बेला आएको बताए । अहिले आफुले केही पनि नबोल्ने तर उनले बैंकको कामको प्रकृति अनुसार नियामक निकायको हिसाबले निर्देशन दिदै जाने बताए ।
बैंकका अध्यक्ष अनुज अग्रवालले बैंकले स्वदेशी तथा विदेशी पूँजी जुटाएर मुलुकको आवाश्यकता अनुसारका पूर्वाधारमा लगानी गर्न तयार रहेको बताउँदै अवको दशकलाई पूर्वाधार विकासको दशकको रुपमा अगाडी बढाउने बताए । उनले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार पूर्वाधार विकासका परियोजनमा लगानी गर्न तयार रहेको बताए ।