रिलायबल डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बोनस शेयर प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्विकृत गरेको हो । स्विकृत भएको प्रस्ताव अब बैंकको साधारणसभाबाट पारित हुनेछ । सो प्रस्ताव बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।