Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमा धितोपत्र कारोबारको इतिहास र आधुनिक पूँजी बजार

२०७५ फाल्गुन १७ गते

बैंकिङ खबर। वि.सं. १९९४मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबार शु? भएको थियो । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल बैंकले शेयरजारी गरेपछि धेरै वर्षसम्म पूँजी बजारमा अन्य कुनै पनि संस्थाको प्रवेश भएन । वि.सं. २०२१ मा कम्पनी ऐन आएपछि पहिलो पटक सरकारी ऋणपत्र पनि जारी भयो । त्यसबेलासम्म पनि धितोपत्र कारोबार गर्ने व्यवस्थित संयन्त्र र निकाय थिएनन् ।   

वि.सं. २०३३ सालमा धितोपत्र खरीदविक्री केन्द्रको नामबाट सेक्युरिटीज एक्सचेन्ज सेन्टरको स्थापना भएपछि विधिवत रुपमा नेपालमा पूँजी बजारको सु?वात भएको हो । सरकारी ऋणपत्र तथा सार्वजनिक संस्थाको शेयर खरीदविक्रीको अख्तियार पाएको उक्त केन्द्रको स्थापनापछि दोस्रो बजारको उल्लेख्य विकास हुने अपेक्षा गरिएको थियो । तर केन्द्रले गर्नुपर्ने काम नीतिगत र संस्थागत व्यवस्थाका कारण प्रभावित भएको थियो । केन्द्रको भूमिका प्रभावकारी बनाउन वि.सं २०४० मा धितोपत्र कारोबार ऐन ल्याइयो । वि.सं २०४३ सालमा ऐनमा संसोधन पनि भयो । तरपनि पूँजी बजारमा अपेक्षा गरिए अनुसारको विकास हुन भने सकेन् ।  

वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले अबलम्बन गरेको आर्थिक उदारिकरणको नीतिले पूँजीबजारलाई गतिशील बनाउन ठूलो सहयोग गर्यो । ‘धितोपत्र कारोबार ऐन २०४०’ को दोस्रो संशोधन गरी वि.सं. २०५० जेठ २५ गते नेपाल धितोपत्र वोर्डको स्थापना भयो । त्यस्तै पुष २९ गते  धितोपत्र खरीदविक्री केन्द्रलाई ‘नेपाल स्टक एक्सचेन्ज’ (नेप्से)मा ?पान्तरण गरियो । त्यसपछि मात्र नेप्से परिसूचक गणना हुन थालेको हो । 

पूँजीबजार साचालनमा सुधार गर्न र दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज बनाउने उद्देश्यले वि.सं. २०६३मा सरकारले ‘धितोपत्रसम्बन्धी ऐन २०६३’ लागु ग¥यो । त्यस्तै पूँजीबजार व्यवस्थित गर्न ‘धितोपत्र बजार सञ्चालन नियमावली २०६४’ पनि आयो । हाल नेपालको पूँजीबजार तथा धितोपत्र कारोबारलाई यही ऐन तथा नियमावलीले निर्देशित गरेको छ । 

वि.सं. १९९४ मा अर्थमन्त्रालयकै एउटा कुनाबाट सु? भएको शेयर कारोबार काठमाडौंको न्यूरोडस्थित नेपाल बैंक लिमिटेडको भवन र डिल्लीबजार हुँदै अहिले भद्रकाली स्थित नेपाल स्टक एक्स्चेन्जको कार्यालयबाट हुँदै आएको छ । सु?वातमा कार्यलयमा कारोबार गर्न लगानीकर्ताको भीडभाड हुनेगरेकोमा पछिल्लो समय ब्रोकर कार्यालयबाटै कारोबार हुने गरेकोछ । अहिले नेप्सेले स्वचालित अनलाइन प्रणालीमार्फत कारोबार सु?गरेपछि घर–घरबाटै इन्टरनेटको माध्यमबाट शेयर खरिदविक्री गर्न सकिने भएको छ ।

शेयर कारोबारका हिसावले करीब ८ दशकको इतिहास रहेपनि नेपाल स्टक एक्स्चेन्जले पछिल्लो दुई दशकमा निकै ठूलो फड्को मारेको छ । वि.सं. २०६४ सालमा अटोमेसन प्रणालीमर्फत कारोबार सु? गरेको नेप्सेले वि.सं. २०६७ मा सिडिएस एण्ड क्लियरिङ हाउसको स्थापना ग¥यो । तर लामो समय सम्म सिडएसले काम गर्न सकेन । तर वि.सं. २०७२ देखि शेयर अभौतिकीकरण सु? भएपछि कारोबारमा सहज भयो । यसले नेपालको शेयर बजारमा कारोबारलाई थप सुरक्षित बनाएको छ । यसैबीच नेपाल धितोपत्र वोर्डले पनि बजार सुधारका नीतिगत ?पमा धेरै काम गरेको छ ।  

नेपाल स्टक एक्सचेन्जले कारोबार शु?गर्दा जम्मा ६६ कम्पनी सूचीकृत थिए । हाल कुल २ सय १५ भन्दा बढी कम्पनीह? नेप्सेमा सूचीकृत छन् । यसमा २७ वाणिज्य बैंक, ३३ विकास बैंक, २७ फाइनान्स कम्पनी, २२ बीमा कम्पनी, ४ होटल, १८ उत्पादनमूलक उद्योग, २३ जलविद्युत् कम्पनी, ४ व्यापार समूह, १ प्रिफर्ड स्टक, १३ म्युचुअल फण्ड, ४० माइक्रोफाइनान्स र ४ वटा अन्य कम्पनी रहेका छन् । 

यसरी हुन्छ नेप्सेमा शेयरको कारोबार
नेप्सेको स्थापनादेखि करीब डेढ दशकसम्म खुला बोलकबोल प्रणाली (ओपन–आउट क्राइ सिस्टम) मार्फत धितोपत्रको खरीद–विक्री भयो । २०६४बाट भने कम्प्युटरीकृत स्वचालित प्रणालीबाट धितोपत्र कारोबार भइरहेको छ । नेप्सेमा सूचीकृत धितोपत्रको खरीदविक्रीका लागि मध्यस्थकर्ताका ?पमा ५२ वटा शेयर दलाल व्यवसायीह?ले काम गरिरहेका छन् ।

नेपालमा धितोपत्रको कारोबार प्राथमिक निष्काशन र दोस्रो बजारबाट मात्र हुँदै आएको छ । सूचीकरण नभएका वा सूचीकरणबाट हटेका धितोपत्रको कारोबारका लागि केही वर्षअघि धितोपत्र बोर्डले ओभर दि काउण्टर अर्थात ओटीसी बजार साचालनको अनुमति दिएपछि कम्पनी रजिस्ट्रारको कार्यालयले ओटीसी कारोबार गर्न दिने निर्णय पनि गरेको थियो । तत्कालीन समयमा नेपाल बैङ्क लिमिटेडको शेयर सूचीकरणबाट हटेपछि उक्त बैंकको शेयर ओटीसीबाट गर्नका लागि बोर्डले बाटो खुला गरेको थियो । पूँजी बजारको उच्चतम विकास भएका विश्वका धेरै देशमा धितोपत्रको कारोबार गर्ने अनौपचारिक बजार संयन्त्रको ?पमा तेस्रो बजार र चौथो बजार समेत अभ्यासमा छन् । 

आधुनिकता तर्फ नेपाली शेयरबजार
पछिल्लो समय नेपाली पूँजीबजार आधुनिकतातर्फ अगाडी बढिरहेको छ । सिडिएस एण्ड क्लियरिङले डिम्याट शेयरकोमात्र कारोबार सु? गर्नु, खारेजी, कारोबार रोक्का, निलम्बन र मर्जरमा परेका गरी ४० कम्पनी बाहेक कारोबारमा सक्रिय १ सय ७२ कम्पनी अर्थात् ९९.९८ प्रतिशतको शेयर डिम्याट भइसक्नु, धितोपत्र ब्रोकर कार्यालयमा ज्येष्ठ नागरिक, महिला, बालबच्चा, अपांग र साना लगानीकर्तालाई कारोबारका लागि छुट्टै विन्डोको व्यवस्था गरिनु, ब्रोकर र मचेन्ट बैंकरको कार्यालयमा आफूले दिने सेवा र समय उल्लेखित सेवाग्राही बडापत्र, गुनासो सुन्ने एकाइ र नियम पालना अधिकृत नियुक्त गर्नु र स्वचालीत अनलाइन कारोबार सु? गर्नुले नेपालको पूँजी बजार आधुनिकतातर्फ गएको मान्न सकिन्छ । 

स्टक एक्सचेन्जमा निजीक्षेत्रको सम्भावना 
हाल नेपालमा धितोपत्र कारोबारका लागि एक मात्र स्टक एक्सचोज नेपाल स्टक एक्सचेन्ज रहेको छ । सरकारी स्वामित्वमा रहेको यो स्टक एक्सचेन्जका अलवा निजी क्षेत्रले पनि स्टक एक्सचेन्ज सञ्चालनको प्रयास थालेका छन् । नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि केही वर्षअघि धितोपत्र बोर्डमा नेशनल स्टक एक्सचेन्ज, काठमाडौं स्टक एक्सचेन्ज, नेपाल सेक्युरिटिज् एण्ड डेरिभेटिभ एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले निवेदन दिएका थिए । बोर्डसँग नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिन पूर्ण कानूनी अधिकार छ । तर अर्थमन्त्रालयले चासो नदिएका कारण हालसम्म निजी क्षेत्रका स्टक एक्सचेन्ज साचालनमा आउन सकेनन् । 

नेपालको अर्थतन्त्र तथा बजार पूँजीकरणको आकार अनुसार थप स्टक एक्सचेन्ज आवश्यक नभएको हुनाले नेप्सेलाई नै निजीकरण गर्नुपर्ने धारणा पनि विज्ञह?को छ । खुला बजार अर्थतन्त्रमा पूँजी बजारको कारोबारलाई प्रतिस्पर्धी बनाउन तथा आधुनिकीकरण गर्न  निजी क्षेत्रबाट पनि स्टक एक्सचेन्ज आउनुपर्ने धारणा राख्नेह? पनि थुप्रै छन् । अहिलेको अवस्थामा नेप्सेको निजीकरण अथवा निजी क्षेत्रको स्टक एक्सचेन्जको आवश्यकताका सम्बन्धमा अध्ययन गर्न धितोपत्र बोर्डले एक समिति समेत गठन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनले नयाँ स्टक एक्सचेन्ज भन्दा नेप्सेको निजीकरणलाई बोर्डले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको थियो । 

Ad