February 26th, 2019

प्रदेश तीनमा कुल जनसंख्या भन्दा सक्रिय बैंक खाता धेरै 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको प्रकाशित गरेको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार नेपालमा महिलाको भन्दा पुरुषको बैंकमा सक्रिय बचत खाता बढी रहेको छ । तर गण्डकी प्रदेशमा भने पुरुषको भन्दा महिलाको सक्रिय बैंक खाता बढी रहेको छ । गण्डकी प्रदेशमा कुल जनसंख्याको ९८ प्रतिशत जनसंख्याको बैंक खाता रहेको छ । जसमध्ये ५३ प्रतिशत बैंक खाता महिलाको र ४५ प्रतिशत बैंक खाता पुरुषको रुहेको छ । 

प्रतिशतको आधारमा सबैभन्दा धरै सक्रिय बैंक खाता प्रदेश नम्बर तीनमा रहेको छ । तीन नम्बर प्रदेशमा कुल जनसंख्याको १ सय ३० प्रतिशत जनसंख्याको सक्रिय बैंक खाता रहेको छ । जसमध्ये ५० प्रतिशत बैंक खाता महिला र ८० प्रतिशत बैंक खाता पुरुषको रहेको छ । त्यस्तै प्रतिशतको आधारमा सबैभन्दा कम सक्रिय बैंक खाता कर्णाली प्रदेश र दुई नम्बर प्रदेशमा रहेको छ । दुई वटै प्रदेशमा कुल जनसंख्याको ३० प्रतिशत मात्र बैंक खाता रहेको छ । प्रदेश नम्बर दुईमा कुल जनसंख्याको २० प्रतिशत पुरुष र १० प्रतिशत महिलाको बैंक खाता रहेको छ । कर्णाली प्रदेशमा भने कुल जनसंख्याको १८ प्रतिशत पुरुष र १२ प्रतिशत महिलाको बैंक खाता रहेको छ ।

अन्य प्रदेशहरुमा प्रदेश नम्बर एकमा कुला जनसंख्याको ५० प्रतिशत सक्रिय बैंक खाता रहेकोमा ३० प्रतिशत पुरुष र २० प्रतिशत महिलाको बैंक खाता रहेको छ । त्यस्तै प्रदेश नम्बर पाँचमा कुल जनस्ंख्यामध्ये पुरुषको ३७ प्रतिशत र महिलाको २९ प्रतिशत गरी कुल ६६ प्रतिशतको बैंक खाता सक्रिय रहेको छ । सुदुर पश्चिम प्रदेशमा कुल जनसंख्यामध्ये पुरुषको २७ प्रतिशत र महिलाको १९ प्रतिशत गरि ४६ प्रतिशतको बैंक खाता सक्रिय रहेको छ । 

नेपालमा अधिकांश मानिसको एकभन्दा बढी बैंकमा बचत खाता खोल्ने गरिएकाले पनि प्रदेश तीनमा कुल जनसंख्या भन्दा बैंक खाता बढी खुलेको देखिन्छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]