Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकको हकप्रद शेयर असार ५ गतेदेखि

२०७३ जेष्ठ २० गते

citizensसिटिजन्स बैंकले हकप्रद शेयर निष्काशनको मिती तय गरेको छ । बैंकले असार ५ गतेदेखि शेयर निष्काशन सुरु गर्ने भएको छ । बैँकले १ करोड ६८ लाख ५६ हजार ७ सय ८६ कित्ता हकप्रद शेयर विक्रि गर्दैछ । 

सिटिजन्सले यही जेठ २४ गते हकप्रद शेयर जारी प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । जेठ २३ गतेसम्म शेयर किन्नेले सिटिजन्सको हकप्रद भर्न पाउने छन् । शेयरधनीले साउन ९ गतेसम्ममा हकप्रद शेयरका लागि आबेदन गरिसक्नु पर्ने भएको छ ।