बैंकिङ खबर। चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले विदेशबाट आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भइरहेको विषयलाई मध्यनजर गर्दै राष्ट्र बैंकले विदेशी मुद्रामा लिने ऋणको दायरा बढाएको हो ।
यस अघि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मौद्रिक नीतिको समिक्षा गर्दै कुल पूँजीको ५० प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको थियो ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुको साधन परिचालनमा देखिने असन्तुलनालाई न्यूनीकरण गर्न अनिवार्य रुपमा दीर्घकालीन ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।