बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको पछिल्लो छ महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार मुलुका अधिकांश आर्थिक सूचकहरु नकारात्मक छन् । सरकारले चालु आर्थिक वर्षको अन्त्य सम्ममा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य हासिल गर्न गर्नुपर्ने कामहरु नगर्दा अधिकांश क्षेत्रमा वित्तीय जटिलताहरु देखिएका छन् । आर्थिक विकासका लागि महत्वपूर्ण हुने सबैखाले आर्थिक परिसूचकहरु नकारात्मक देखिनु अर्थतन्त्रका लागि पक्कैपनि सहज हुँदैन् ।
पछिल्लो समय लगानीयोग्य पूँजी अभाव हुँदा बैंक तथा वित्तीय संस्थाहरु समस्यामा छन् । देशको अधिकांश क्षेत्रमा पूँजी परिचालन गरि आर्थिक विकासमा टेवा पु¥याउने बैंकिङ क्षेत्र नै लगानीयोग्य पूँजीको अभावमा बस्नु परेको छ । सरकारले समयमा खर्च गर्न नसक्दा बजारमा नगद प्रवाह कम भएको छ । बजारको पैसा राजश्व स्वरुप सरकारी ढुकुटीमा जम्मा हुने तर सरकारले खर्च नगर्नाले अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन् । त्यसैले देशका अधिकांश आर्थिक सूचकहरु नकारात्मक अवस्थामा छन् ।
वैदेशिक रोजगारीमा जानेहरुले गतवर्ष भन्दा रेमिट्यान्स बढाएकै छन, नागरिकले पनि राजश्व गतवर्ष भन्दा बढी तिरेकै छन् । यसले नागरिकले देश प्रति निभाउनुपर्ने भुमिका निभाएकै छन् । तर सरकारले विकास निर्माणमा खर्च गर्न नसक्दा गत वर्षको छ महिनामा भन्दा बजेट खर्च २५ अर्बले कम भएको छ । भरतसंगको स्थिर विनिमयदर भएकाले विदेशी मुद्राको तुलनामा नेपमाली मुद्राको क्रयशक्ति घटेको छ । अर्थात नेपाली मुद्रा गत वर्ष भन्दा २ दशमलव ८ प्रतिशतले अवमूल्यन भएको छ ।
मुलुकमा उत्पादनशिल क्षेत्रमा कर्जाको अभाव हुँदा लगानी बढन सकेको छैन् । कृषि क्षेत्र, औद्योगीक उत्पादन लगायत सेवा क्षेत्रमा समेत उत्पादन न्यून छ । जसले गर्दा आयात बढन गई व्यपार घाटा गत वर्षको पुष मसान्तमा भन्दा झण्डै २ खर्बले बढेर ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाा पुगेको छ ।
विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन हुँदा वस्तुतथा सेवाको क्रयशक्ति घट्नु स्वभाविक हो । तर २ दशमलव ८ प्रतिशतले नेपाली मूद्रा अवमूल्यन हुँदा अन्य कुराहरुमा लगात बढनगई मूल्य वृद्धि ४ दशमलव ६ प्रतिशत पुगेको छ । जुन गत वर्ष भन्दा बढ्दो क्रममा छ ।
देशमा प्रमुख आर्थिक सूचकहरु नकारात्मक बनिरहदा सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने निश्चित भएको छ ।