Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कर्जा लिदै हुनुुहुन्छ ? वाणिज्य बैंकहरुको दरमा पाउन सकिन्छ विकास बैंकमा 

२०७५ माघ २९ गते

बैंकिङ खबर। बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा बेस रेट (आधार ब्याजदर) लाई आधार बनाएर कर्जा प्रवाह गर्छन् । नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यदि विपन्न वर्ग कर्जा अथवा लघुवित्तलाई प्रदान गर्ने थोक कर्जा तथा राष्ट्रिय गौरवको योजनाहरुको माग भएको खण्डमा बेस रेटमै पनि बैंकहरुले कर्जा उपलब्ध गराउन पाउँछन् । तर अन्य क्षेत्रमा कर्जा लगानी गर्दा आधार ब्यााजदरमा केही प्रतिशत थप गरेर कर्जा लगानी गर्नुपर्छ । यसरी कर्जा लगानी गर्दा बैंकहरुले जति पनि ब्याज लिन पाउँछन् भन्ने हँुदैन । नेपाल राष्ट्र बैंकले यसमा पनि सिमा तोकिदिएको छ । बैंकहरुले आधार ब्याजदरमा अधिकतम ५ प्रतिशतसम्म जोडेर कर्जा दिन पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको छ । 

चालु अर्थिक बर्षको पुष मसान्त सम्मको वित्तीय विवरण २८ वटै वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन् । वित्तिय विवरण प्रकाशित गरेका बैंकहरु मध्ये सबैभन्दा कम आधार ब्याजदर पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाण्ज्यि बैंकको रहेको छ । भने सबैभन्दा बढी आधार ब्याजदर कुमारी बैंकको रहेको छ ।

बैंकहरुले पुष मसान्त सम्मको प्रकाशित गरेको वित्तीय विवरण अनुसार अधिकाम्स बैंकको आधार ब्याजदर १० प्रतिशत भन्दा माथि रहेको देखिन्छ । १० प्रतिशत भन्दा कम आधार ब्याजदर रहेका बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्टान्डर्ड चार्टर बैंक, नविल बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक र प्रभु बैंक रहेका छन् ।

राष्ट्रिय स्तरका विकास बैंक र वाणिज्य बैंकको विवरण हेर्दा कर्जा लिनेहरुको लागि ब्याजदरमा खासै अन्तर देखिदैन । अधिकाम्स वाणिज्य बैंकको आधार ब्याजदर १० प्रतिशत भन्दा माथि र ५ वटा बैंकको ११ प्रतिशत भन्दा पनि माथि आधार ब्याजदर रहेको छ । यता राष्ट्रिय स्तरका सबै  विकास बैंकहरुको आधार ब्याजदर पनि ११ देखि १२ प्रतिशतको विचमा रहेको छ । यसर्थ वाणिज्य बैंकहरुको भन्दा कर्जाको ब्याजदर विकास बैंकहरुमा १ प्रतिशतको हाराहारीमा बढी हुने देखिन्छ ।

विकास बैंकहरुमा सबैभन्दा कम आधार ब्याजदर कैलाश विकास बैंकको रहेको छ भने सबैभन्दा धेरै आधार ब्याजदर देवः विकास बैंकको रहेको छ ।
    


 

Ad