
बैंकिङ खबर। स्वदेशी लघुुवित्त वित्तिय संस्थाको शाखा कार्यालय सल्यानले केन्द्र प्रमुुख गोष्ठी सम्पन्न गरेको छ । छत्रेश्वरी गाउँपालीकाको लान्ती बजारमा भएको गोष्ठीमा गाउँपालीका वडा न. ६ का अध्यक्ष दीपमणी दशौदीले लघुुवित्तले आफ्ना सदस्यको क्षमताको आधारमा कर्जा प्रदान गरी उद्यमशिल बनाउन जोड दिएको उल्लेख गरेका थिए ।
त्यस्तै सहभागीहरुको जिज्ञासा तथा प्रश्नहरुलाई सम्बोधन गर्दै अनुूगमन अधिकृत दिपक काउचाले संस्थाले बचत र कर्जा परीचालन मात्र नभई देशै भरी विभिन्न सामाजिक विकासका कार्यक्रम संचालन गरीरहेको र यस क्षेत्रमा पनि ति कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागीहरुको सामान्य श्वस्थ्य जाँचको व्यवस्था गरीएको थियो ।