Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सोह्र बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कसले कति कमाए

२०७५ माघ १८ गते

बैंकिङ खबर। हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नविल बैंकले कमाएको छ । 

७ बैंकको नाफा एक अर्ब माथि
दोस्रो त्रैमाशिक विवरण प्रकाशित गरेका १६ बैंकमध्ये ७ वटा बैंकले दास्रो त्रैमासमा एक अर्ब भन्दा बढी नाफा कमाउन सफल भएका छन् । अर्बमाथि नाफा कमाउने बैंकमा २ अर्ब ४ करोड ५० लाख रुपैयाँ कमाएर नविल बैंक पहिलो नम्बरमा रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७२ करोड ६५ लाख नाफा कमाउँदै दास्रो स्थानमा छ भने एनआईसी एसिया बैंकले १ अर्ब २६ करोड २ लाख रुपैयाँ नाफा कमाएर तेस्रो बढी नाफा कमाउने बैंक बनेको छ । एक अर्ब भन्दा बढी नाफा कमाउने अन्य बैंकहरुमा हिमालयन बैंकले १ अर्ब १६ करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब १२ करोड, प्रभु बैंकले १ अर्ब ८ करोड र एभरेष्ट बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब भन्दा बढी कमाएको एनएमबि बैंकले भने यस वर्ष एक अर्ब भन्दा कम कमाएको छ । नेपाल एसविआई बैंक सानिमा बैंक, सिद्धार्थ बैंक, माचापुच्छ«े बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, कुमारी बैंकले एक अर्ब भन्दा कम कमाएका छन् । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएदेखि वित्तीय प्रणालीमा नगद प्रवाह कम हुँदा बैंकहरुको नाफा घटने आकलन गरिएको थियो । तर बैंकहरुले कर्जा प्रवाहमा गरेको बृद्धिले गर्दा अधिकांश बैंकहरु सिसिडी व्यवस्थापनमा कमजोर देखिएपनि नाफामा भने बृद्धि भएको छ । 
 

Ad