बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो शेयर धनीलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको २१ औं वार्षिक साधारणसभाले बोनस शेयर र सोको कर प्रयोजनको लागि १.३६ प्रतिशत नगद लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको छ ।
सभाले बैंक अफ काठमाण्डू लि. र लुम्बिनी बैंक लि. एक आपसमा गाभिने र गाभिएर बन्ने बैंकको नाम “बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड” राखिने विशेष प्रस्तावहरु पनि पारित गरेको छ । लुम्बिनी बैंकको १ कित्ता शेयर बराबर बैंक अफ काठमाण्डूको ०.८२८१ कित्ता दिइने शेयर सट्टा (स्वाप) अनुपात सम्बन्धि प्रस्तुत गरिएको विशेष प्रस्ताव पनि पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७१/७२ मा १३ करोड १६ लाख रुपैँया संचालन मुनाफा र ३३ करोड ४६ लाख रुपैँया खूद मुनाफा आर्जन गरेको छ । गतवर्षको तुलनामा आर्थिक वर्ष २०७१/७२ मा बैंकको कुल कर्जा करीब १५.६६ प्रतिशतले वृद्धि भई ३३ अर्ब ३९ करोड रुपैँया पुगेको तथा निक्षेप १५.६५ प्रतिशतले वृद्धि भई ३९ अर्ब ४६ करोड रुपैँया पुगेको छ ।
हालसम्म यस बैंकले ५६ शाखा, ५७ ए.टि.एम. तथा ७ एक्स्टेनशन काउन्टर संचालनमा ल्याइसकेको छ । साथै, बैंकले आधुनिक बैंकिङ्ग प्रविधि प्रयोग गरी आधिकारिक एजेन्ट मार्पmत शाखारहित बैकिङ्ग सेवा पनि उपलब्ध गराउादै आएको छ ।