Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक लिमिटेडको एटीएम अब ठिमी शाखामा पनि

२०७३ जेष्ठ १७ गते

nepal bank atmनेपाल बैंक लिमिटेडले सोमबारदेखि आफ्नो ठिमी शाखामा पनि एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका सदस्य सुरेन्द्र बहादुर सिंह तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले संयुक्त रुपमा उक्त एटीएम सेवाको उद्घाटन गरे । यो सहित नेपाल बैंक लिमिटेडको एटीएम सेवा संख्या ३९ पुगेको छ । निकट भविष्यमा बैंकले थप १५ स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । बैंकका अन्य एटीएम सेवा काठमाडौँ उपत्यका लगायत मोफसलमा सञ्चालनमा छन् । यस बैंकको एटीएम कार्ड प्रयोग गर्ने ग्राहकहरुले भारतमा पञ्जाव नेशनल बैँकको एटीएमबाट समेत सेवा सुविधा लिन सक्नेछन् ।