Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शेयर बजारबारे गाउँगाउँमा सचेतना फैलाउँदै नेप्से

२०७३ जेष्ठ १७ गते

nepseनेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लमजुङ जिल्लामा शेयरबारे सचेतना कार्यक्रम सुरु गरेको छ । पुँजी बजारसम्बन्धि जानकारी नहुँदा स्थानीय लगानी बढ्न नसकेको ठहर गर्दै राजधानी बाहिरका लगानीकर्तालाई पुँजी बजारबारे सचेत गराउनका लागि सचेतना कार्यक्रम सुरु गरेको नेप्सेले जनाएको छ । 

लमजुङ उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रममा नेपालको पुँजी बजार, नेप्सेको भूमिका, नेप्सेको कारोबार तथा राफसाफ फछ्र्यौट प्रक्रिया र केन्द्रिय निक्षेप सेवाबारे सहभागीलाई जानकारी गराइयो । त्यस्तै, दोस्रो बजारमा लगानी गर्दाका फाइदा र ध्यान दिनुपर्ने पक्षहरु, सम्भावित जोखिम, शेयरको मूल्यमा प्रभाव पाने तत्वहरु लगाष्तको जानकारी पवनि कार्यक्रममा दिइयो । यसबाट पुँजी बजारमा राजधानी बाहिरका लगानीकर्ता पनि सहभागी हुने अपेक्षा गरिएको छ ।