May 30th, 2016

शेयर बजारबारे गाउँगाउँमा सचेतना फैलाउँदै नेप्से

nepseनेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लमजुङ जिल्लामा शेयरबारे सचेतना कार्यक्रम सुरु गरेको छ । पुँजी बजारसम्बन्धि जानकारी नहुँदा स्थानीय लगानी बढ्न नसकेको ठहर गर्दै राजधानी बाहिरका लगानीकर्तालाई पुँजी बजारबारे सचेत गराउनका लागि सचेतना कार्यक्रम सुरु गरेको नेप्सेले जनाएको छ । 

लमजुङ उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रममा नेपालको पुँजी बजार, नेप्सेको भूमिका, नेप्सेको कारोबार तथा राफसाफ फछ्र्यौट प्रक्रिया र केन्द्रिय निक्षेप सेवाबारे सहभागीलाई जानकारी गराइयो । त्यस्तै, दोस्रो बजारमा लगानी गर्दाका फाइदा र ध्यान दिनुपर्ने पक्षहरु, सम्भावित जोखिम, शेयरको मूल्यमा प्रभाव पाने तत्वहरु लगाष्तको जानकारी पवनि कार्यक्रममा दिइयो । यसबाट पुँजी बजारमा राजधानी बाहिरका लगानीकर्ता पनि सहभागी हुने अपेक्षा गरिएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]