January 14th, 2019

ग्राहकको विवरण र कर्जाको जानकारी गराउन बैंकहरुलाई निर्देशन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष समाप्त भएको मितिले १५ दिनभित्र कर्जा चुक्ता नभएमा कर्जा सुजना केन्द्रमा जानकारी गराउन निर्देशन दिएको छ । बैंकले सोमबार एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई ९० दिन भन्दा बढी भाखा नाघेको सम्पुर्ण कर्जाको जानकारी दिन आग्रह गरेको छ । त्यूतै स्वीकृत गरेका सम्पुर्ण ऋणतथा सुविधाका विवरण समेत पठाउन निर्देशन दिएको छ । बैंकले कर्जा सुचना केन्द्रमा विवरण पठाएपछि पनि कुनै कर्जा चुक्ता भएमा अथवा कर्जा नियमित भएमा १५ दिनभित्र अनिवार्य जानकारी गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कर्जा सुविधाका लागि आवेदन परेमा ग्राहकको नागरिकताको प्रतिलिपि, तीनपुस्ते, स्थायी तथा अस्थायी ठेगाना, एकाघरका सदस्यको विवरण समेत उपलब्ध गराउनुपर्ने गरि निर्देशन दिएको छ । कम्पनी, संघसंस्थाको तर्फबाट कारोबार गर्न अख्तियार प्राप्त व्यक्तिको सम्पूर्ण विवरण लिनुपर्ने छ । निजी संस्थाको हकमा १५ प्रतिशत भन्दा बढि शेयर स्वामित्व भएका शेयरधनी सम्पुर्ण विवरण र १० लाख भन्दा माथि कर्जा लिने भए इजाजत समेत लिनुपर्ने भएको छ ।

बैंकले कर्जा  सूचना नियमावली, २०५९ अनुसार अन्य सूचना समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरी निर्देशन दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]