Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘हरेक घर उर्जा घर’

admin २०७३ जेष्ठ १५ गते
सेयर:

urjaसरकारले नवीकरणीय उर्जा प्रर्वधनका लागि हरेक घर उर्जा घर कार्यक्रम चलाउने भएको छ । शहरी क्षेत्रमा अब बन्ने नयाँ घरमा अनिवार्य सोलार जडान गर्नुपर्ने छ । यसका लागि ६ अर्ब १० करोड रुपैयाँ बिनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए । यस्तै, आगामी वर्ष २५ हजार सौर्य टुकी बाँड्ने सरकारको लक्ष्य छ ।

आगामी वर्ष राष्ट्रिय सरकारले वैज्ञानिक सम्मेलन गर्ने भएको छ । युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न सरकारले वैज्ञानिक सम्मेलन गर्ने साथै स्वदेशमै अध्ययन अनुसन्धान गर्न अनुसन्धान वृत्ति प्रदान गर्ने जनाएको छ । यस्तै, राष्ट्रिय सूचना केन्द्रको क्षमता अभिवृद्धि गर्ने, विकास आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन छिटो तथा सरल रुपले गर्ने पनि सरकारले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।