हकप्रद सेयर खरिदका लागि पुस ११ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । असार २५ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर जारी गरी आवेदन माग गरेकोमा पुर्ण आवेदन नगरेपछि कम्पनीको संस्थापकतर्फ पाँच लाख ५७ हजार सात सय ७४ दशमलब ५७ कित्ता र सर्वसाधरणतर्फ दुई लाख ४७ हजार तीन सय नौ दशमलब ९० कित्ता सेयर लीलाम बिक्रीका लागि सुचना जारी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
संस्थाले सेयरको न्युनतम मुल्य एक सय तोकेको हुँदा सो भन्दा बढि मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम एक सय कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि कम्पनीको सम्पुर्ण शाखा तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटलबाट आवेदन दिन सकिने संस्थाले बताएको छ ।